default_image

7 years ago

May 7, 2019

३ रातो कार्ड भएको खेलमा मिलानको जित

119 views

0 Bookmark

एजेन्सी – तीन रातो कार्ड भएको इटालियन सिरी ‘ए’ मा एसी मिलानले बोलोग्नामाथि २–१ को जित निकालेको छ । मिलानको जितमा सुसो र फावियो बोरिनीले गोल गरे । माटिया डेस्ट्रोले एक गोल फर्काए ।

खेलको अन्त्यतिर घरेलु टोली १० तथा बोलोग्ना ९ खेलाडीमा समेटिएको थियो । ७४औं मिनेटमा पाक्वेटा दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिदा मिलान १० खेलाडीमा समेटिएको थियो । इन्ज्युरी समयको दुई मिनेटमा अन्तरमा निकोला सानसोन र मिचेल डिज्क्स रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि बोलोग्ना ९ खेलाडीमा समेटिएको थियो ।

घरेलु मैदानमा मिलानले खेलको ३७औं मिनेटमा सुसोको गोलबाट खेलमा सुरुवाती अग्रता बनाएको थियो । ६७औं मिनेटमा फावियो बोरिनीले अग्रता दोब्बर पारे । ७२औं मिनेटमा माटियाले एक गोल गर्दै बोलोग्नालाई खेलमा फर्काउने संकेत दिएका थिए । तर, त्यसपछि तीन रातो कार्ड भएको खेलमा थप गोल हुन सकेन ।

जितसँगै मिलानले अर्काे सिजनको च्याम्पियन्स लिगमा स्थान बनाउने सम्भावना जीवितै बनाएको छ । मिलान ३५ खेलबाट ५९अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ । समान खेलबाट ६२ अंक जोडेको एटलान्टा चौथो स्थानमा छ । पराजित बोलोग्ना ३७ अंक जोडेर १५औं स्थानमा छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.