7 years ago
May 7, 2019
एजेन्सी – लिभरपुलका स्टार फरवार्डद्वय मोहमद सलाह र रोबर्टो फिर्मिनोले चोटका कारण बार्सिलोनाविरुद्ध च्याम्पियन्स लिग सेमिफाइनलको दोस्रो लेग गुमाउने भएका छन् । यससँगै लिभरपुलले यी दुईको विकल्पका रुपमा नयाँ रणनीति बनाउने भएको छ ।

सलाह र फिर्मिनोले मिलेर यस सिजन लिभरपुलका लागि ४२ गोल गरेका छन् । २६ गोल गरेका सलाह न्युकासलविरुद्ध टाउकोको चोटका कारण बाहिरिएका हुन् । फिर्मिनो भने अघिल्लो सातादेखि नै चोटले गर्दा विश्राममा थिए । सलाह र फिर्मिनोको अनुपस्थितिमा प्रशिक्षक योर्गेन क्लोपले ४ विकल्प रोज्न सक्छन् ।
डिभोक ओरिगी:
ओरिगीले यस सिजन खासै खेल्ने समय पाएका छैनन् । तर अवसर पाएको बेलामा उनले लिभरपुलका लागि महत्त्वपूर्ण भूमिका भने निर्वाह गरेका छन् । बेल्जियन युवा फरवार्डए एभरटन र न्युकसलविरुद्ध अन्तिम मिनेटमा गोल गरेका थिए । दुवै गोल लिभरपुललाई जित दिलाउन पर्याप्त रहेको थियो ।
जेर्डान साकिरी:
जारी सिजन साकिरीले ६ गोल र ४ असिस्ट प्रदान गर्दै माध्यम सिजन रहेको संकेत दिएका छन् । पछिल्लो सिजनको तुलनामा उनको प्रदर्शन केहि खस्किएको छ । न्युकासलविरुद्ध जित दिलाउन भने उनले महत्त्वपूर्ण भूमिका खेले । ओरिगीले हेडरमार्फत विजयी गोल गर्दा साकिरीले नै फ्रिकिक प्रहार गरेका थिए ।
ड्यानीएल स्टरिज:
लिभरपुलका लागि सिजन २०१३/१४ मा स्टरिजले २४ गोल गर्दै उपाधि भिडन्तमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । त्यसपछि चोटले सताएका स्टरिजले पहिलो रोजाइमा आफूलाई स्थापित गर्न सकेनन् । यस सिजन उनले ४ गोल गरेका छन् । न्युकासलविरुद्ध उनले सुरुवाती रोजाइमा खेलेका थिए ।
४ मिडफिल्डर खेलाउने ?
पहिलो लेगमा ३-० ले पछाडी परेको लिभरपुलले दोस्रो लेगमा निकै मिहिनेत गर्नुपर्छ । नाबी केइटा पनि चोटका कारण बाहिर रहेकाले ४ मिडफिल्ड खेलाउने सम्भावना कम छ । आक्रामक रणनीतिका लागि ४ मिडफिल्ड खेलाउनु उचित हुँदैन । तर फाबिन्हो, जेम्स मिल्नर, जोर्डन हेन्डरसन र जिओर्जिनियो वाईनाल्डमको मिडफिल्ड निकै मजबुत भने हुनेछ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]