7 years ago
May 7, 2019
एजेन्सी – प्रशिक्षण दौरान एक्कासी हर्ट अट्याक भएपछि अस्पताल भर्ना भएका विश्व विजेता तथा स्पेनिस गोलरक्षक इकर कासियसलाई अस्पतालबाट डिस्चार्ज भएको छ ।

३७ वर्षीय कासियस सोमबार साँझ अस्पतालबाट डिस्चार्ज भएको हो । उनको पोर्टाेस्थित सियुएफ पोर्टाे अस्पतालमा उपचार भएको थियो । पोर्चुगिज क्लब पोर्टाेको प्रशिक्षण दौरान गत बुधबार ३७ वर्षीय कासियसलाई एक्कासी हर्ट अट्याक भएपछि अस्पतालमा भर्ना गरिएको थियो ।

अस्पतालबाट डिस्चार्ज भएलगत्तै कासियसले अब आफ्नो फुटबल भविष्य के हुने अहिल्यै केही भन्न नसकिने बताएका छन् ।

‘अब मेरो फुटबलको भविष्य के हुन्छ । मलाई थाहा छैन । तर, सबैभन्दा ठुलो कुरा आज म यहाँ छु । मैले धेरै राम्रो र आराम महसुस गरिरहेको छ । म केही हप्ता या महिना विश्राममा हुनेछु ।’ कासियसले भने, ‘म अस्पताललाई र मलाई उपचार गर्ने डक्टर अनि सारा समर्थकलाई धन्यवाद दिन चहान्छु । विशेगा गरी डक्टर जोओ कार्लाेस सिल्भा र क्लब पोर्टाेका पदाधिकारीलाई धन्यवाद ।’

स्पेनिस क्लब रियल म्याड्रिडमा १६ वर्ष विताएका कासियस २०१५ मा पोर्चुगिज क्लब पोर्टाे पुगेका थिए । कासियस स्पेनले २०१० को विश्वकप, २००८ र २०१२ को युरोकप जित्दाको मुख्य खेलाडी थिए ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]