default_image

7 years ago

May 8, 2019

लिभरपुलको अविश्वसनीय जित (हाइलाइट्स)

105 views

0 Bookmark

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति लिभरपुलले बार्सिलोना विरुद्ध घरेलु मैदान एन्फिल्डमा अविश्वसनीय नतिजा हासिल गरेको छ ‌। पहिलो लेगमा ३-० ले पछाडी परेको लिभरपुलले ४-० को जित दर्ता गर्दै समग्रमा ४-३ को जितसँगै फाइनल यात्रा तय गरेको छ । लिभरपुलको यो लगातार दोस्रो फाइनल यात्रा हो ।

लिभरपुलको जितमा डिभोक ओरीजी र जियोर्जिनियो वाइनाल्डमले २-२ गोल गरे । खेलको सातौं मिनेटमा नै लिभरपुलले ओरीजीको गोलमा अग्रता लिएको थियो । पहिलो हाफमा थप गोल गर्ने अवसर सिर्जना भएपनि दुवै टोलीले त्यसको सदुपयोग गर्न सकेनन् ।

दोस्रो हाफको ५४ औं मिनेटमा वाइनाल्डमले ट्रेन्ट एलेक्जेन्डर आर्नोल्डको क्रसमा गोल गर्दै २-० को स्थितिमा पुर्याए । त्यसको दुई मिनेटमै जेर्डान साकिरीको पासमा वाइनाल्डमकै गोलमा खेल समग्रमा ३-३ को बराबरीमा आइपुग्यो । खेल सकिन ११ मिनेट बाँकी रहँदा ओरीर्जीले गोेल गर्दै लिभरपुललाई अविश्वसनीय जितनजिक पुर्याए ।

लिभरपुलले लगातार दोस्रो पटक फाइनल यात्रा तय गर्दा इतिहासमा चौथो पटक तीन वा सोभन्दा बढी गोलको अग्रतालाई उल्टाउन सफल रहयो । अघिल्लो सिजन बार्सिलोनालाई रोमाले ४-१ को अग्रताका बाबजुद पराजित गरेको थियो ।

खेलको हाइलाइट्स :

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.