7 years ago
May 8, 2019
एजेन्सी – लिओनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोले विश्व फुटबलमा पछिल्लो एक दशक अधिपत्य जमाउँदै आएका छन् । तर गत वर्ष रियल म्याड्रिड मिडफिल्डर लुका मोड्रीचले ब्यालोन डी ओर जित्दै उक्त दबदबा अन्त्य गर्ने संकेत दिएका थिए । त्यसैक्रममा सन् २०१३ यता पहिलो पटक मेस्सी र रोनाल्डोविना च्याम्पियन्स लिग फाइनल हुने भएको छ ।

मंगलबार लिभरपुलले बार्सिलोनालाई घरेलु मैदानमा ४-० ले पराजित गर्दै अविश्वसनीय जित दर्ता गरेपछि लिओनेल मेस्सी फाइनल नपुग्ने पक्का भएको हो । त्यसअघि आयाक्सले क्रिस्टियानो रोनाल्डो सम्मिलित युभेन्ट्सलाई क्वाटरफाइनलमा रोक्दै रोनाल्डोको यात्रा अन्त्य गरिसकेको छ । सन् २०१३ यता मेस्सीले १ पटक र रोनाल्डोले ३ पटक फाइनल जितेका थिए ।
सन् २०१३ को च्याम्पियन्स लिग फाइनलमा मेस्सी र रोनाल्डो नखेल्दा जर्मनीका दुई क्लब भिडेका थिए । त्यसबेला बायर्न म्युनिखले बोरुसिया डर्टमुन्डलाई २-१ ले हराएको थियो । यसपटक इंग्लिस क्लब लिभरपुलले दोस्रो सेमिफाइनलमा आयाक्स र टोटेनहमको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल जुन १ मा म्याड्रिडमा हुनेछ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]