7 years ago
May 8, 2019
एजेन्सी – स्पेनिस क्लब बार्सिलोनामाथिको अविश्वसनिय जितसँगै इंग्लिस क्लब लिभरपुल युइएफए च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गर्न सफल भएको छ ।

पहिलो लेगमा ३–० ले पछि परेपनि दोस्रो लेगमा ४–० को जित निकाल्दै समग्रमा ४–३ को जित निकाल्दै लिभरपुल फाइनलमा पुग्न सफल भएको हो । सायदै लिभरपुलले पूनरागमन जित निकाल्नेमा कमैले आँकलन गरेका थिए ।
एनफिल्डमा लिभरपुलले जित निकाल्दै फाइनलमा प्रवेश गरेको केही तथ्यहरु उल्लेख गरिएको छ :
९– लिभरपुल नवौपटक युरोपियन कप/च्याम्पियन्स लिगको फाइनलमा पुग्न सफल भएको हो । रियल (१६), एसी मिलान (११) र बायर्न (१०) मात्रै लिभरपुलभन्दा बढी खेल्ने टोली हो ।
२– सन् २००९ पछि लिभरपुल ब्याक टु ब्याक फाइनलमा पुग्ने पहिलो इंग्लिस क्लब बन्यो । यसअघि म्यानचेस्टर युनाइटेड २००८ र २००९ को सिजनमा लगातार फाइनलमा प्रवेश गरेको थियो ।
४– यो च्याम्पियन्स लिगको नकआउटमा चौथोपटक हो, जहाँ पहिलो लेगमा फराकिलो अग्रता लिएको टोली पराजित भएको छ । यसमा सन् २०१७÷१८ मा बार्सिलोना रोमासँग पराजित भएको खेल पनि समावेश छ ।
३– स्पेनिस क्लब बार्सिलोना पछिल्ला चारमध्ये तीन सिजन सेमिफाइनलबाटै बाहिरिने टोली बन्यो ।
४– बार्सिलोनाले युरोपियन कम्पिटिसनमा कुनै पनि इंग्लिस टोलीसँग ४–० ले पहिलोपटक पराजित भएको हो ।
१४– फुल ब्याक ट्रेन्ट एलेक्जेन्डर अर्नाेल्डले यो सिजन गोलका लागि १४ असिस्ट दिए । जुन लिभरपुलका लागि सबैभन्दा बढी हो ।
५०– डिभोका ओरिजीले च्याम्पियन्स लिगमा पहिलो गोल गर्दा ओरिजी लिभरपुलका लागि च्याम्पियन्स लिगमा गोल गर्ने ५०औं खेलाडी बने । जसमा आत्मघाती गोल पनि समावेश छ ।
१२२ – वाइनाल्डम लिभरपुलका लागि १२२ सेकेण्डभित्र गोल गर्ने खेलाडी बने ।
२– वाइनाल्डम च्याम्पियन्स लिगमा सन् २०७ पछि वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गर्दै दुई गोल गर्ने पहिलो खेलाडी बने । सन् २००७ मा लिभरपुलका रायन बाबेल बेसिक्टासविरुद्ध वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गर्दै दुई गोल गरेका थिए । उनी बार्सिलोनाविरुद्धको खेलमा पनि एन्ड्रिउ रोबर्टसनको स्थानमा दोस्रो हाफको शुरुमै मैदान प्रवेश गरेका थिए ।
८– बार्सिलोनाका कप्तान लियोनेल मेस्सीले लिभरपुलविरुद्धको दोस्रो लेगमा ५ पोस्ट आक्रमणसहित ३ असिस्ट दिएपनि गोल गर्न सकेन ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]