7 years ago
May 8, 2019
एजेन्सी – युरोपेली च्याम्पियन्स लिगअन्तर्गत सेमिफाइनल चरणको दोस्रो खेलको दोस्रो लेगमा आयाक्स र टोटेनहम हट्सपर भिड्दैछन् । बुधबार राति आयाक्सको घरेलु मैदानमा हुने खेल नेपाली समयअनुसार मध्यरात १२:३० बजे सुरु हुनेछ ।

टोटेनहमको घरेलु मैदानमा भएको पहिलो लेगमा आयाक्सले १-० को जित दर्ता गरेको थियो । डोनी भान डे बिकको गोलमा आयाक्सविजयी भएको थियो । उक्त खेलमा टोटेनहमका दुई मुख्य खेलाडी ह्यारी केन र ह्युङ मिन सन उपलब्ध थिएनन् । केन चोटका कारण लामो समय बाहिर रहेका छन् भने पछिल्लो खेल प्रतिबन्धका कारण गुमाएका सन यस खेलमा उपलब्ध छन् ।
आयाक्सले यस सिजनको च्याम्पियन्स लिगमा रियल म्यदिर्द, युभेन्टस र टोटेनहमको घरेलु मैदानमा लगातार जित दर्ता गरेको छ । घरेलु मैदानमा भने केहि दबाब झेल्दै आएको आयक्स फाइनल पुग्न एक कदम टाढा छ । द्रुत गतिको पास, चलायमान खेलाडी र तेज काउन्टर अट्याक नै आयाक्सको मुख्य हतियार बन्दै आएको छ । आयाक्स घरेलु मैदानमा यहि रणनीतिलाई निरन्तरता दिँदै फाइनलमा स्थान बनाउने लक्ष्यमा हुनेछ ।
यता टोटेनहमले भने पछिल्लो समय निकै खराब नतिजा आत्मसात गर्दै आएको छ । पछिल्ला तीन खेलमा स्पर्सले कुनै गोल गर्न सकेको छैन । मुख्य फरवार्ड केनको अनुपस्थितिमा अन्य फरवार्डहरुले अवसरको सदुपयोग गर्न नसक्दा टोलीको नतिजामा प्रत्यक्ष असर परिरहेको छ । सनको पुनरागमनले टोलीलाई निकै फाइदा पुग्ने अपेक्षा गरिएको छ ।
मंगलबार भएको पहिलो सेमिफाइनलको दोस्रो लेगमा लिभरपुलले बार्सिलोनालाई हराउँदै फाइनल यात्रा तय गरेको छ । लिभरपुलको मैदान एनफिल्डमा बार्सालाई ४-० ले पराजित गर्दै लिभरपुलले पहिलो लेगमा बेहोरेको ३-० को हारलाई समग्रमा ४-३ को जितमा बदलेको थियो ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]