default_image

7 years ago

May 9, 2019

को हुन् लुकास मौरा ?

241 views

0 Bookmark

एजेन्सी – टोटेनहम हट्सपरले बुधबार युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलमा आयाक्सलाई नाटकीय ढंगले पराजित गर्दै फाइनल यात्रा तय गर्यो । टोटेनहमको जितमा ब्राजिलियन फरवार्ड लुका मौराले इन्ज्युरी समयमा गोलसँगै ह्याट्रिक पनि पूरा गरे ।

डेढ वर्षअघि जनवरी ट्रान्सफर विन्डोको अन्तिम दिनमा मौरा पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट टोटेनहम आएका थिए । पीएसजीले ब्राजिलियन सुपरस्टार नेयमारलाई भित्र्याएपछि मौराले खेल्ने मौका नै पाएनन् । त्यसको फाइदा उठाउँदै टोटेनहमले मात्र २३ मिलियन पाउण्डमा उनलाई अनुबन्धन गर्यो ।

त्यसअघि सन् २०१२ मा पीएसजीले मौरालाई क्लबमा भित्र्याउँदा म्यानचेस्टर युनाइटेड र इन्टर मिलनसँग निकै प्रतिस्पर्धा गर्नुपरेको थियो । तत्कालिन युनाइटेड प्रशिक्षक सर एलेक्स फर्गुसनले मौराको प्रदर्शनको प्रशंसा गर्दै क्लबसमक्ष उनलाई भित्र्याउन सुझाएका थिए । तर पीएसजीले ३८ मिलियन पाउण्ड खर्चेर मौरालाई फ्रान्स लग्यो ।

साओ पाउलोबाट सन् २०१२ मा पीएसजी पुगेपछि मौराले क्लबका लागि ४ पटक लिग उपाधि जिते । उनले टोलीसँग ४ पटक लिग कप र ३ पटका फ्रेन्च कप उपाधिको स्वाद पनि चाखे । लगातार पाँच सुपर कप उपाधि जितेको पीएसजीले च्याम्पियन्स लिगमा भने अपेक्षित प्रदर्शन गर्न सकेन ।

मौराले नेयमार पीएसजी भित्रिएपछि निकै कम मौका पाए । तत्कालिन पीएसजी प्रशिक्षक उनाई एमेरीले मौरा पीएसजीको स्तरका खेलाडी नभएको भन्दै उनलाई क्लब छोड्न खुला गरिदिए । एमेरी अहिले आर्सनलको प्रशिक्षक भएका छन् । टोटेनहमले उनलाई गत सिजन जनवरीमा ल्याएपछि उचित प्रयोग गरेको थियो ।

यस सिजन भने प्रशिक्षक पोचेटिनोलाई उनलाई नियमित प्रयोग गर्दै आएका छन् । उनले म्यानचेस्टर युनाइटेडविरुद्ध २ गोल गर्दै महत्त्वपूर्ण जित दिलाए । च्याम्पियन्स लिगमा बार्सिलोनाविरुद्ध पनि मौराले बराबरी गोल गरेपछि टोटेनहम दोस्रो चरणमा प्रवेश गर्ने ढोका खुलेको थियो । प्रिमियर लिगमा हडर्सफिल्डविरुद्ध ह्याट्रिक गरेका मौराले आयाक्सविरुद्ध ह्याट्रिकलाई आफ्नो करिअरको हालसम्मकै उत्कृष्ट प्रदर्शन बताएका छन् । राष्ट्रिय टोलीमा करिअरको सुरुवाती समयमा मौका पाएका मौरा अब टोटेनहममा उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय टोलीमा फर्कन चाहन्छन् ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.