default_image

7 years ago

May 9, 2019

‘फुटबललाई धन्यवाद’

167 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

मौरिसियो पोचेटिनो इंग्लिस फुटबलमा परिचित भएको धेरै भएको छैन । टोटेनहम हट्सपरका प्रशिक्षक पोचेटिनो आफ्नो जमानाका राम्रा डिफेन्डर हुन् । खेलाडी जीवनमा फ्रान्सको पेरिस सेन्ट जर्मेन र स्पेनको एस्पान्योलबाट खेलेका उनले अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट समेत खेले। प्रशिक्षण करिअरमा स्पेनिस क्लब एस्पान्योल हुँदै साउथह्याम्पटन आएर टोटेनहम आइपुगेका हुन् । यहि जुनमा पोचेटिनो टोटेनहम आएको ५ वर्ष पुग्दैछ ।

पोचेटिनोले जिम्मेवारी लिएको पहिलो सिजन क्लबले पाँचौ स्थानमा रहँदै च्याम्पियन्स लिगमा छनोट भएन । त्यसपछि लगातार तीन सिजन टोटेनहम शीर्ष ३ मा अटाउँदै आएको छ । दुई अवसरमा अन्तिम समयसम्म पनि उपाधि होडमा रहयो । २०१५/१६ मा लेस्टर र २०१६/१७ मा चेल्सीले उपाधि जित्दा टोटेनहम अन्तिम केहि चरणसम्म उपाधि जित्ने लक्ष्यसाथ मैदानमा थियो । च्याम्पियन्स लिगमा भने टोलीले मिश्रित सफलता हात पारेको अवस्था थियो । यस सिजन पनि सुरुवाती तीन खेलको नतिजाले टोटेनहम लगभग बाहिरिने सम्भावना थियो, तर त्यसो भएन ।

टोटेनहमले बुधबार च्याम्पियन्स लिग सेमिफाइनलमा आयाक्सलाई अवे गोलमा पराजित गर्दै प्रतियोगिताको फाइनल यात्रा तय गर्यो । दोस्रो हाफको इन्ज्युरी समयको अन्तिम मिनेटमा लुकास मौराले गोल गरेपछि टोटेनहम नाटकीय जित दर्ता गर्दै पहिलो पटक च्याम्पियन्स लिग फाइनलमा पुगेको हो । जितपछि भावविभोर भएका टोटेनहमका प्रशिक्षक मौरिसियो पोचेटिनोले जितपछि फुटबलमा मात्र यस्तो सम्भव हुने भन्दै फुटबललाई धन्यवाद दिए ।

रेफ्री फेलिक्स बिर्चले खेल सकिएको सिठी फुक्ने बितिकै पोचेटिनो भावुक हुँदै मैदान छिरे । मैदानको घाँसमा केहीबेर घोप्टो परे र आफ्नो विपक्षी प्रशिक्षकसँग हात मिलाएपछि पुन: खेलाडीहरु सँग अंकमाल गर्दै देखिए । यसबीचमा उनको आँखामा आँशु प्रष्ट देखिन्थ्यो । उनीसँगै अन्य खेलाडीहरुको अवस्था पनि उस्तै थियो । विशेष रुपमा ब्राजिलियन विंगर लुकास मौरा, जसको ह्याट्रिकका कारण अविश्वसनीय जित सम्भव भएको थियो ।

पहिलो हाफको खेल सकिँदा समग्रमा ३-० ले पछाडी परेको टोटेनहमले दोस्रो हाफमा ३ गोल फर्काउँदै ऐतिहासिक जित दर्ता गर्यो । मौराले दोस्रो हाफको इन्ज्युरी समयको अन्तिम मिनेटमा विजयी गोल गरेका थिए । मुख्य फरवार्ड ह्यारी केनको अनुपस्थितिका बाबजुद पनि टोटेनहम फाइनल पुग्न सफल रहयो । चोटका कारण मैदानबाहिर रहेका केन खेल सकिएपछि अर्का घाइते डिफेन्डर डाभीन्सन सान्चेजसँगै मैदान प्रवेश गरेका थिए ।

४७ वर्षीय प्रशिक्षक पोचेटिनो खेल सकिएपछिको अन्तर्वार्तामा पनि भावुक थिए । ‘म आफ्नो परिवारलाई सम्झन चाहन्छु, यो उनीहरुको लागि पनि खुसीको क्षण हो,’ उनले थपे, ‘ यो निकै विशेष क्षण हो । फुटबललाई धन्यवाद । यस्तो भावना फुटबल विना सम्भव नै छैन । जसले हामीमाथि विश्वास गर्नुभयो, सबैलाई धन्यवाद । यो क्षण शब्दमा बयान गरेर सक्दिन ।’

टोलीका फरवार्ड तथा बाल्यकलदेखि नै टोटेनहमका समर्थक रहेका कप्तान केनले पनि खुसी व्यक्त गरे । ‘म सबैभन्दा पहिला यो क्लबको समर्थक हुँ । यो क्षणको महत्त्व मैले राम्रोसँग बुझेको छु,’ उनले भने, ‘ म चोटबाट फर्कने क्रममा छु । रिह्याब राम्रो भएको छ । आशा गरौं चाडैं मैदानमा फर्केर फाइनलको लागि तयार हुन सक्नेछु ।’

पोचेटिनोले पछिल्ला दुई ट्रान्सफर विन्डोमा कुनै खेलाडी भित्र्याएका छैनन् । त्यसका कारण पनि उनीसँग सिमित मात्रामा खेलाडी रहेका छन् । च्याम्पियन्स लिगको फाइनल आइपुगेको टोली एक वर्षदेखि जस्ताको तस्तै छ । उनले खेलाडीहरुले एक आपसमा राम्रो सम्बन्ध बनाएको र एकतृत भएको कारण नै नतिजा आएको बताए ।

टोटेनहम यसै वर्ष नयाँ रंगशालामा पनि सरेको छ । पछिल्लो डेढ वर्ष घरेलु मैदानबिना नै खेलिरहेको टोटेनहमलाई अब आउने दिन थप सहज हुने देखिन्छ । क्लबका मालिक ड्यानीएल लेभीले पोचेटिनोलाई अर्को ट्रान्सफर विन्डोमा नयाँ खेलाडी अनुबन्धन गर्न उचित रकम उपलब्ध गराउने खुलस्त पारेका छन् । च्याम्पियन्स लिग फाइनल पुगिसकेको टोली अब लिभरपुलसँग उपाधिका लागि खेल्दा नयाँ इतिहास कोर्ने लक्ष्यमा उत्रिनेछन् । यसैपनि फाइनल पुग्नु टोलीको लागि ठूलो सफलता भइसकेको छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.