default_image

7 years ago

May 9, 2019

रोनाल्डो नेसन्स लिगका लागि उपलब्ध हुने

137 views

0 Bookmark

एजेन्सी – रसिया विश्वकपपछि विश्राम र चोटका कारण टिम बाहिर रहेका सुपरस्टार कप्तान क्रिस्टियानो रोनाल्डो नेसन्स लिगका लागि टिममा उपलब्ध हुने भएका छन् ।

पोर्चुगलले यसै समरमा नेसन्स लिगका सेमिफाइनल र फाइनल खेल आयोजना गर्दैछ । खेलहरु जुन ५ जुनबाट ९ जुनसम्म सञ्चालन हुनेछ । सेमिफाइनलमा आयोजक पोर्चुगलसँगै स्वीट्जरल्यान्ड, नेदरल्यान्ड र इंग्ल्यान्ड रहेका छन ।

पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोषले नेसन्स लिगको लागि कप्तान रोनाल्डो टिममा रहने बताएका छन् । पछिल्लो समय रोनाल्डोले राष्ट्रिय टोलीबाट नियमित अवस्थामा घरेलु मैदानमा हुने नेसन्स लिगमा रोनाल्डो पुनः अनुपस्थित हुने हो कि भन्ने समर्थकको डर र चिन्तामा प्रशिक्षक सान्तोषले उनी उपलब्ध हुने स्पष्ट पारेको हो । रोनाल्डो विश्वकप फुटबलपछि नेसन्स लिगको समूह चरण र केही मैत्रीपुर्ण खेलमा उपस्थित थिएनन् । उनी मार्चमा भएको युरो २०२० छनोटका खेलमा भने उपलब्ध रहेका थिए ।

‘सिआर सेभेन टोलीमा पक्कै उपलब्ध हुनेछन् । नेसन्स लिगको लागि मे २३ मा टिमको घोषणा हुदैछ । म रोनाल्डोलाई टिममा समावेश गर्नेछु । उनले खेल्नेछन्, ’ प्रशिक्षक सान्तोषले स्पोर्टस् टीभीसँग कुराकानीमा भने, ‘यसअघि उनी टिममा उपलब्ध नहुनुमा विश्वकपपछिको विश्राम र चोट नै हो, हरु कुनै कारण छैन । अब उनी नियमित रुपमा टोलीमा रहनेछ ।’

पोर्चुगलको सर्वाधिक गोलकर्तासमेत रहेका रोनाल्डोले १५६ खेलमा ८५ अन्तर्राष्ट्रिय गोल गरेका छन् । नेसन्स लिगको सेमिफाइनलमा पोर्चुगलले स्वीट्जरल्यान्डसँग ५ जुनमा प्रतिस्पर्धा गर्दैछ । यो खेलमा जित निकाले पोर्चुगलले अर्काे सेमिफाइनल नेदरल्यान्ड र इंग्ल्यान्डबीचको विजेतासँग खेल्नेछ । फाइनल ९ जुनमा हुनेछ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.