default_image

7 years ago

May 9, 2019

चेल्सीका कान्टे टिम बाहिर

157 views

0 Bookmark

एजेन्सी – चोटका कारण चेल्सीका मिडफिल्डर एङ्गोलो कान्टेले युरोपा लिगको खेल गुमाउने भएका छन् ।

चेल्सीले आज राति युरोपा लिगको सेमिफाइनलको दोस्रो लेगमा घरेलु मैदानमा जर्मन प्रतिद्वन्द्वी फ्रान्कफर्टको सामना गर्दैछ । पहिलो लेग १–१ गोलको बराबरीमा सकिएको छ । अवे गोलमा अघि रहेकाले चेल्सीले यही नतिजालाई कायम राख्न सके फाइनलमा प्रवेश गर्नेछ ।

प्रिमियर लिग अन्तरगत वाटफोर्डविरुद्ध ३–० को जित निकालेको खेलमा कान्टेले ह्यामस्ट्रिङको समस्या भोगेका थिए । नियमित उपचारमा रहेपनि २८ वर्षीय कान्टेले अबको तीन (युरोपा लिगको फाइनल) खेल खेल्ने न्युन सम्भवाना रहेको प्रशिक्षक मौरिजियो सार्रीले बताएका छन् ।

चेल्सीले फ्रान्कफर्ट, प्रिमियर लिगको अन्तिम खेलमा लेस्टर सिटी र युरोपा लिगको फाइनलमा पुगे फाइनले खेल्ने तालिका छ ।

प्रशिक्षक सार्रीले कान्टे ह्यामस्ट्रिङसँग जुधिरहेको र त्यति गम्भीर नरहेपनि उनले आराम गर्नुपर्ने बताएका छन् । उनले चेल्सी फाइनलमा पुगे कान्टे उपलब्ध हुन सक्ने समेत बताएका छन् । ‘उनी छिट्टै खेलमा फर्कनेमा हामी आशावादी छौं । तर, यो निश्चित छैन । हामीले सक्दो प्रयास गर्ने मात्र हो ।

यो सिजनका प्रिमियर लिगमा ३७ मध्ये ३६ खेलमा पहिलो रोजाईमा खेलेका कान्टेले चेल्सीलाई शीर्ष चारमा पुर्याउन महत्वपुर्ण भुमिका निभाएका थिए ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.