7 years ago
May 9, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी सम्बाले आफ्नो स्कोरिङमा अझै सुधार गर्न आवश्यक रहेको बताइकी छिन् । इन्डियन वुमन्स लिगमा सेथु फुटबल क्लबबाट खेलिरहेकी सावित्राले टोलीका पछिल्ला दुवै खेलमा गोल गरेकी थिइन् ।

सावित्राले लिगको २ खेलमा ५ गोल गरिसकेकी छिन् । मणिपुर पुलिस स्पोटस क्लबलाई सेथुले ६–४ ले हराउँदा सावित्राले ४ गोल गरेकी थिइन् । जसमा उनी वुमन अफ दी म्याच समेत घोषित भइकी थिइन् । बुधबार दोस्रो खेलमा बेंगलोर युनाइटेडलाई ३–० ले हराउँदा सावित्राले १ गोल गरेकी थिइन् ।
उनीसँगै टोलीमा आबद्ध नेपाली टोलीकी अनिता बस्नेतले पनि सो खेलमा गोल गरेकी थिइन् । सावित्रा र अनिता दुवैले पछिल्ला दुई वर्ष माल्दिभ्स क्लबबाट सँगै फुटसल प्रतियोगिता खेलेका थिए ।
नेपाली राष्ट्रिय टोलीबाट सर्वाधिक गोल गर्ने महिला खेलाडी (२८ गोल) मध्ये दोस्रो स्थानमा रहेकी सावित्राले हाम्रो खेलकुदलाई भनिन्, ‘जस्तो प्रदर्शन गर्न र स्कोरिङमा अझ बाँकी छ । म अझै राम्रो गर्न कोशिस गर्नुछु । ‘२ जितपछि उनको टोली तालिकाको शीर्षस्थानमा रहेको छ ।

नयाँ ठाँउमा खेल केहि कठिन हुने सावित्राले अनुभव सनुाईन् । ‘केहि दबाब त पक्कै छ,’ उनले भनिन्, ‘टोलीका अन्य खेलाडीसँगको तालमेल र लय बुझ्न केहि समय त लाग्छ । उनले भारतमा खेल्दा अन्तर्राष्ट्रिय खेल खेलको महसुस हुने अनुभव सुनाइन् ।’
‘हामीले देशमा, विभिन्न देशमा पनि गएर खेलेका छौं,’ उनले भनिन्,’ तर यहाँ निकै व्यवस्थित र अन्तर्राष्ट्रिय खेल खेलको अनुभव हुने । तर, खेलाडीको स्तरमा भने हाम्रो र यहाँ खासै अन्तर लागेन ।’ सेथुले शुक्रबार स्पोट्र्स एकडेमी अफ इन्डिया (एसएआई) को सामना गर्नेछ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]