default_image

7 years ago

May 13, 2019

विश्राम, रिकभरी र खेलाडीको स्वास्थ्य

158 views

0 Bookmark

आविष्कार पुडासैनी, फिजियोथेरापिस्ट (रुस्लान थ्री स्टार क्लब)

नेपाली फुटबलको वर्तमान स्थिति हेर्ने हो भने क्लबहरु प्रतियोगितामा सहभागिता जनाउन मात्र भएपनि रात-दिन नभन्दै पूर्व-पश्चिम बसयात्रा गरिरहेका भेटिन्छन् । यसमा राष्ट्रिय टोलीका खेलाडीको बाहुल्यता रहेका ए डिभिजन क्लब आयोजकहरुको रोजाईमा पर्ने नै भए । औपचारिक प्रतियोगिता नभएको अवस्थामा क्लबहरुले आर्थिक स्थिति सबल बनाउन सहभागिता जनाउनुको विकल्प रहन्न । र यसका कारण कुनै बेला २४ घण्टाको अन्तरमा दुई बेग्लै वातावरणमा खेल्न बाध्य हुन्छन् ।

देशको एक स्थानबाट अर्को स्थानमा पुगेर तुरुन्त मैदानमा उत्रँदा यसले खेलाडीको स्वास्थ्यमा प्रत्यक्ष असर गर्छ । यसले भविष्यमा गम्भीर स्वास्थ्य समस्या पनि निम्त्याउन सक्छ । यसले निम्त्याउने केहि समस्या यसप्रकार छन् :

  • टाउको दुख्ने र निन्द्रा लाग्ने
  • यात्रामा झुन्डिरहेको कारण खुट्टा सुन्निने
  • पानीको मात्र कम भएकाले शरीर दुख्ने

विश्राम

पुतलीको प्वाँखलाई विश्राम चाहिएजस्तै खेलाडीलाई पनि उत्तिकै विश्राम चाहिन्छ । विश्वकै चर्चित प्रिमियर लिग भनौं वा छिमेकि देश भारतको इन्डियन सुपर लिग नै, खेलाडीहरुलाई उचित विश्राम पुगोस भनेर हरेक दुई खेलको बिचमा कम्तिमा ३ देखि ४ दिने विश्राम दिने चलन छ । विभिन्न खोजपछि वैज्ञानिकहरुले पनि एक खेलाडीलाई उच्च विन्दुमा लगातार दुई खेल खेल्न ४८ घण्टा विश्राम चाहिने प्रमाणित भएको छ ।

फुटबल शारीरिक रुपमा निकै कठिन खेल भएकाले पनि स्वास्थ्य अवस्थाबारे उचित ध्यान पुर्याउनु जरुरि छ । फुटबल खेल्ने समयमा शरीरका मांशपेशीहरु अत्यधिक रुपमा तन्किने गर्छन् । विश्रामको समयमा ती मांशपेशीहरुले तंग्रिने समय पाउँछन् र पुन: ताजा अवस्थामा आउने गर्छन् ।

रिकभरी

खेलपछि कुनैपनि खेलाडीले उचित विश्राम लिनु जरुरि छ । खेलपछिको विश्रामलाई रिकभरी भनिन्छ । यसक्रममा शरीरले खेलको क्रममा थकित भएको अंगहरु सामान्य अवस्थामा आउने समय पाउँछन् । मांशपेशीको ग्लाईकोजन तत्वले पुनर्ताजगी हुन्छ र टिस्युहरु पनि ठिक अवस्थामा आउन सक्छन् ।

एक खेलाडीले छोटो समयमा नै खेल र प्रशिक्षणमा सन्तुलन मिलाउनुपर्ने हुन्छ । त्यसैले उचित विश्राम गरेर शरीरलाई तयार राख्नु जरुरि छ । विशेषत: खेलपछि विश्राम अत्यावश्यक छ । प्रशिक्षक र प्राविधिक टोलीले पनि खेलपछि रिकभरी हुने किसिमको तालिका बनाउनुपर्छ ।

रिकभरीले खेलाडीको प्रदर्शन गर्ने क्षमता बढाउनुका साथै चोट लाग्ने सम्भावना न्यूनीकरण गर्छ । रिकभरीको मुख्य लक्ष्य अंगको उचित प्रयोग, नशा-मांशपेशीको द्रुत रिकभरी, टिस्यु रिकभरी र मांशपेशीको समस्या निर्मुल बनाउन सहयोग गर्नु हो । यसले खेलाडीको मनोविज्ञानमा पनि टेवा पुर्याउँछ ।

खेलाडीले अघिल्लो दिनको खेलबाट रिकभरी गर्न निम्नानुसार कार्यहरु गर्न सक्छन :

  • खेलपछि उचित रुपमा मांशपेशी तन्काउने (स्ट्रेचिङ) जसले ल्याकटिक एसिड कम गर्न मदत गर्छ ।
  • वरफ पानीमा जिउ भिजाउने जसले गर्दा मांशपेशीमा पर्ने दवाव कम हुन्छ ।
  • खेलपछि उचित मसाज लिने । यसले खेल दौरान मांशपेशी तन्किएको र कडा भएकोलाई सामान्य अवस्थामा ल्याउन सहयोग गर्छ ।

रिकभरीमा अन्य पक्षको पनि भूमिका हुन्छ :

  • जीवनशैली र मनोविज्ञान
  • उचित मात्रामा निन्द्रा नपुगेको अवस्थामा खेलाडीको सोच्ने क्षमता र शारीरिक अवस्थामा पनि नकारात्मक असर पर्छ
  • रक्सीजन्य पेय पदार्थको सेवनले खेलाडीको स्वास्थ्यमा प्रतिकुल असर पर्छ
  • रक्सीजन्य पेय पदार्थको सेवनले खेलाडीको स्वास्थ्यमा प्रतिकुल असर पर्छ

पोषण र रीहाइड्रेसन

शारीरिक शक्तिको मुख्य श्रोत ग्लाइकोजिन हो । यसको पुनर्स्थापना गर्नु अपरिहार्य हुन्छ । यसका लागि खेल सकिएको २४ घण्टाभित्र कार्बोहाइड्रेटयुक्त खाना खानुपर्छ ।

ग्लाइकोजिनले शरीरमा ग्लुकोजको रुप लिन्छ । तर जब शरीरमा ग्लाइकोजिनको कमी हुन्छ मेटाबोलिजमले मांशपेशीमा रहेको प्रोटिन उपयोग गर्छ । यसले गर्दा शरीरमा प्रोटिनको कमी हुन्छ र चोट लाग्ने सम्भावना बढ्छ ।

खेलाडीको खानामा होस् या छुट्टै विशेष डाइट बनाएर होस्, प्रोटिनको मात्रा धेरै हुनुपर्छ । यसले मांशपेशीको स्तर सुधार्न मदत गर्छ । प्रोटिन र कार्बोहाइड्रेटले ग्लाइकोजिनको कमी महसुस हुन दिँदैन ।

रिहाइड्रेसन अर्थात् शरीरमा तरल पदार्थको (सामान्यतया पानी) मात्रा बढाउनु । यसले रिकभरीमा महत्त्वपूर्ण भूमिका खेल्छ । गर्मी याममा खेल्दा होस् या प्रशिक्षणका क्रममा खेलाडीको शरीरबाट तरल पदार्थ कम हुन्छ । त्यसैले खेलाडीले पानी, जुस अथवा अन्य शक्तिवर्द्धक ड्रिंकहरु उचित मात्रामा सेवन गर्नुपर्छ । यसले तरल पदार्थको मात्रासँगै शरीरलाई आवश्यक इलेक्ट्रोलाइट पनि पुनर्स्थापना गर्छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.