default_image

5 years ago

May 14, 2019

‘खुसीसाथ बार्सिलोना जाँदैछु’ – फ्रान्की

एजेन्सी – आयाक्सका मिडफिल्डर फ्रान्की डे जोङले सिजनको अन्त्यसँगै नयाँ क्लब बार्सिलोना जाँदा आफू खुसी रहेको बताए । आइतबार डच लिग अन्तर्गत सिजनको अन्तिम खेलमा उट्रेक्टविरुद्ध ४-१ को जित दर्ता गर्दै आयाक्सले लिग उपाधि लगभग पक्का गर्यो । घरेलु मैदान योहान क्राएफ एरिनामा उत्कृष्ट जित दर्ता गरेपछि फ्रान्कीले आयाक्समा सुखद अन्त्य गरेका छन् । च्याम्पियन्स […]

73 views

0 Bookmark

एजेन्सी – आयाक्सका मिडफिल्डर फ्रान्की डे जोङले सिजनको अन्त्यसँगै नयाँ क्लब बार्सिलोना जाँदा आफू खुसी रहेको बताए ।

आइतबार डच लिग अन्तर्गत सिजनको अन्तिम खेलमा उट्रेक्टविरुद्ध ४-१ को जित दर्ता गर्दै आयाक्सले लिग उपाधि लगभग पक्का गर्यो । घरेलु मैदान योहान क्राएफ एरिनामा उत्कृष्ट जित दर्ता गरेपछि फ्रान्कीले आयाक्समा सुखद अन्त्य गरेका छन् । च्याम्पियन्स लिगमा टोटेनहम हट्सपुरसँग इन्ज्युरी समयमा गोल खाएपछि नाटकीय हार बेहोरेको आयाक्सले लिग उपाधिमा भने कुनै गल्ति गरेन ।

‘मेरो लागि यो समय निकै उत्कृष्ट रहयो । अब म खुसीसाथ बार्सिलोना जानेछु,’ फ्रान्कीले भने, ‘ यो सिजन निकै राम्रो रहयो । यद्यपि हामीले तीन उपाधि जितेर अझै राम्रो बनाउन सक्थ्यौं तर सफल हुन सकेनौं । मैले लिभरपुल र बार्सिलोनाको खेल हेर्दा मेरो आवश्यकता हुनेछ भन्ने यकिन गर्न सकिन । तर बार्सिलोना फाइनल पुगेको भए उपाधिमा ह्याट्रिक गर्ने पक्का थियो ।’

बार्सिलोनाले फ्रान्कीलाई भित्र्याउन ७५ मिलियन युरो खर्चेको हो । युरोपका अन्य ठूला क्लबले पनि उनलाई पछ्याइरहँदा बार्सिलोनाले मोटो रकम खर्चेर ५ वर्षको लागि सम्झौता गरेको हो । सिनियर टोलीबाट डेब्यु गरिसकेका २२ वर्षीय मिडफिल्डरले बार्सिलोनाको पहिलो रोजाईमा पर्न भने केहि संघर्ष गर्नुपर्ने देखिन्छ ।

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

Success

Thank you for your time.