default_image

7 years ago

May 13, 2019

संकटा भरतपुर गोल्ड कपको सेमिफाइनलमा

117 views

0 Bookmark

भरतपुर (हाम्रो खेलकुद)– सिएमजी क्लब संकटा चितवनमा जारी सिएमएस भरतपुर गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । अर्को ए डिभिजन क्लब जावलाखेल युथ क्लबलाई सोमबार पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गर्दै संकटा अन्तिम चारमा पुगेको हो ।


यी दुई टोलीबीचको खेलको निर्धारित समय गोलरहित बराबरीमा टुंगिएको थियो । फाइनल प्रवेशका लागि अब संकटाले घरेलु टोली चितवन ११ को सामना गर्नेछ । जावलाखेलले दुई दिन अघि सिन्धु कपको उपाधि जितेको थियो ।

आजै बिहान मगमग झापा ११ सिएमएस च्यासललाई हराउँदै भरतपुर गोल्डकपको अन्तिम चारमा पुगेको थियो । खराब प्रकाशका अघिल्लो दिन १४ मिनेट अघि स्थागित भएको खेल त्यहिबाट सोमबार खेलाइएको थियो ।

झापाले आफ्नो अग्रतालाई जोगाउँदा भ्याली च्यासलमाथि २–१ को जित निकाल्दै अन्तिम चारमा पुगेको हो । क्याम्पा चौरमा सन्जोग राईको गोलबाट झापाले पहिलो मिनेटमा खेलमा अग्रता बनाएको थियो ।

निशान लिम्बुले पहिलो हाफको इन्जुरी समयमा थपेपछि झापा २–० ले अगाडि लागेको थियो । दोस्रो गोल खाएपछि च्यासलले त्यसको विरोधमा १० मिनेट खेल छोडेको थियो । पछि पुनः खेल सुरु भएपछि च्यासलका लागि पूर्णबहादुर गुरुङले ५९ औं मिनट मिनेटमा गोल गरेका थिए ।

६६ औं मिनेटमा पुग्दा खराब प्रकाशका कारण खेल रोक्नु परेको थियो । एजे इन्टरनेसनल प्रा लिको आयोजनामा जारी प्रतियोगिताको विजेताले ६ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.