default_image

7 years ago

May 13, 2019

‘नेपालको मुख्य प्रतिस्पर्धा भारतसँग हो’- प्रशिक्षक खड्का

119 views

0 Bookmark

भानु अधिकारी
सुर्खेत – नेपाली महिला टोलीको मुख्य लक्ष्य भनेको साफ च्याम्पियनसिपको उपाधि जित्नु रहेको टोलीका मुख्य प्रशिक्षक हरि खड्काले बताएका छन् । खड्काको प्रशिक्षणमा रहेको नेपाली टोली गत महिना साफ च्याम्पियनसिपमा उप विजेता बनेको थियो ।

नेपाली महिला राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक हरि खड्का ।

पाँचौं संस्करणसम्म आइपुग्दा नेपाल अहिले सम्म च्याम्पियन बन्न सकेको छैन । चार पटक उपविजेता र एक पटक समूह चरणबाटै बाहिरिएको थियो । खड्काले नेपाली टोली च्याम्पियन बन्नका लागि सक्षम रहेको दोहोराएका छन् । नेपाली राष्ट्रिय टोलीको प्रायोजक केल्मीको सुर्खेतमा शो रुम उद्घाटन गर्न आइपुगेका खड्काले महिला टोली अर्को संस्करणमा च्याम्पियन हुने गरि तयारीमा जुट्ने बताए ।

‘नेपालको मुख्य प्रतिस्पर्धा भनेको भारतसँग हो’, उनले भने, ‘ भारतसँग हाम्रो अवस्था बराबरीको हो । फेरि पनि हाम्रा लक्ष्य भनेको भारतलाई हराउने हो ।’ फागुनमा भारतमै भएको हिरो गोल्डकपमा भने नेपालले भारतलाई हराएको । महिला फुटबलमा नेपालले भारतलाई हराएको त्यो पहिलो थियो ।

खड्काकै प्रशिक्षणमा नेपाली महिला टोलीले ओलम्पिक छनोटको दोस्रो चरण पुगेको थियो । हालै सम्पन्न एन्फा डेमा खड्का उत्कृष्ट प्रशिक्षकबाट सम्मानित भएका थिए । महिला फुटबल टोलीलाई हौसला बढाउनु पर्नेमा जोड दिदै खड्काले राज्यले खेलाडीका लागि लगानी गर्नुपर्ने बताए ।

उनले क्रिकेटमा जस्तै फुटबलबाट पनि सफलताको आशा गर्न सकिने प्रष्ट पारेका छन् । ‘नेपाली खेलाडी प्रशिक्षणमा केन्द्रित गराउन लगानीको बातावरण बनाउनुपर्छ’, उनले भने, ‘ हाम्रा खेलाडीको हौसला बढाउन सके सफलाको आशा गर्न सकिन्छ । ‘

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.