default_image

7 years ago

May 14, 2019

‘युभेन्ट्सले इस्को लिनुपर्छ’- पिर्लो

132 views

0 Bookmark

रोम (एजेन्सी)– युभेन्ट्सका पूर्व मिडफिल्डर आन्द्रे पिर्लोले टोलीमा रियल म्याड्रिडका इस्को जस्तो खेलाडीको आवश्यकता रहेको बताएका छन् । उनले क्रिस्टियानो रोनाल्डोलाई बढी भन्दा बढी बल निकाल्दिनका लागि इस्को जस्तो खेलाडी आवश्यक पर्नेमा जोड दिएका छन् ।

च्याम्पियन्स लिग जित्ने लक्ष्यसहित युभेन्ट्सले यहि सिजनको सुरुवातमा रोनाल्डोलाई रियलबाट लिएको थियो । तर, टोलीले यसपटक टोलीले च्याम्पियन्स लिगमा क्वार्टरफाइनलमा भन्दा अघि बढ्न सकेन । टोली आयक्ससँग पराजित भएको थियो ।

घरेलु लिगमा उच्च प्रदर्शन गरेपनि टोलीले च्याम्पियन्स लिगमा सफलता हासिल गर्न सकेको छैन । पिर्लो भने इस्को जस्ता खेलाडी भित्राउन सके टोलीको लक्ष्यमा सहज हुने बताउँछन् । ‘मलाई लाग्छ हामीलाई इस्कोको आवश्यकता छ’, उनले भने, ‘हामी अर्को स्तरमा छौं । तर पनि हामीले च्याम्पियन्स लिग जित्न बाँकीछ । भविष्यको टोली कस्तो बनाउनुपर्छ भन्नेमा प्रशिक्षक विचार गरिरहेका होलान् । हाम्रो मिडफिल्डमा सुधार्नुपर्ने छ । ‘

युभेन्ट्सले अहिलेको अवस्थमा सुधार गर्न मिडफिल्डमा केहि स्तरीय खेलाडी भित्राउन पर्ने देखिन्छ । जसले टोलीको च्याम्पियन्स लिग चुनौति बलियो हुनेछ । घरेलु फुटबलमा भने टोली निकै मजबुत अवस्थामा छ । टोलीले सिरि ए उपाधि जितिसकेको छ ।

अर्कोतर्फ रियलमा इस्कोको अवस्था पनि सन्तोषजनक छैन । उनलाई युभेन्ट्स भित्राउन सम्भवत यो सहि समय हो । रियलले आउँदो सिजन टोलीमा ठूलो फेरबदल ल्याउने अपेक्षा गरिएको छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.