default_image

5 years ago

May 14, 2019

नाभासलाई क्लब छाड्न रियलको सुझाव

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडले गोलरक्षक केलर नाभासलाई क्लब छाड्न सुझाव दिएको छ । प्रशिक्षक जिनेदिन जिदानले थिबाउट कोर्टुवालाई आफ्नो पहिलो रोजाईको गोलरक्षकका रुपमा चुनेपछि नाभासलाई क्लब व्यवस्थापनले विकल्प रोज्न भनेको हो । जनवरीमा मात्र नयाँ सम्झौता हस्ताक्षर गरेका नाभासले खेल्न नपाउने भएपछि अन्यत्र नै आफ्नो भविष्य खोज्न क्लबले सुझाव दिएको हो । जिदानले […]

27 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडले गोलरक्षक केलर नाभासलाई क्लब छाड्न सुझाव दिएको छ । प्रशिक्षक जिनेदिन जिदानले थिबाउट कोर्टुवालाई आफ्नो पहिलो रोजाईको गोलरक्षकका रुपमा चुनेपछि नाभासलाई क्लब व्यवस्थापनले विकल्प रोज्न भनेको हो ।

जनवरीमा मात्र नयाँ सम्झौता हस्ताक्षर गरेका नाभासले खेल्न नपाउने भएपछि अन्यत्र नै आफ्नो भविष्य खोज्न क्लबले सुझाव दिएको हो । जिदानले गत साता मात्र कोर्टुवा नै आफ्नो पहिलो रोजाईको गोलरक्षक रहने पक्का गरेका थिए । कोर्टुवा यसै सिजन रियल आएपनि उनको प्रदर्शन सन्तोषजनक रहन सकेको छैन ।

यसै साता रियल बेटिसविरुद्ध उनले रियलका लागि अन्तिम खेल खेल्ने सम्भावना छ । सन् २०१५ मा पनि रियलले डेविड डे हेयालाई अनुबन्धन गर्न खोज्दा बेटिसविरुद्धको खेल नाभासको लागि अन्तिम हुने सम्भावना रहेको थियो । तर नाभासले रियलमा रहेर त्यसपछि पहिलो रोजाईका रुपमा आफुलाई स्थापित गरे ।

नाभासले रियलमा रहेर ३ पटक च्याम्पियन्स लिग, एक पटक ला लिगा उपाधि, तीन फिफा क्लब विश्वकप तथा ३ पटक युरोपेली सुपर कप उपाधि जिते । सफलताको हिसाबमा उनले आफूलाई रियलका लागि सफल गोलरक्षकमा उभ्याएका छन् ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.