7 years ago
May 14, 2019
रियो (एजेन्सी)– ब्राजिलियन फरवार्ड नेयमार स्पेनिस क्लब रियल म्याड्रिड जाने चर्चा सेलाएको छैन । नेयमारको पहिलो क्लब सान्तोसका अध्यक्ष जोसे कोर्लोस पेरेसले उनी रियल जान सक्ने सम्भावनालाई बल दिने अभिव्यक्ति दिएका छन् ।

रियल आफ्नो टोलीलाई नयाँ संरचना दिने क्रममा जुटिसकेको छ । त्यहि क्रममा रियलले सान्तोसका रोड्रिगोलाई भित्राएको छ । त्यस्तै चेल्सीका फरवार्ड इडन हाजार्डलाई लिने प्रयासमा रहेको छ । पेरेसले एक कदम अघि बढ्ने क्रममा पेरिस सेन्ट जर्मेन (पिएसजी) का नेयमारलाई रियलमा देख्न चाहेको बताएका छन् । ‘मलाई आशा छ उनी रियल जानेछन्,’ उनले भने, ‘उनका लागि त्यो ठाँउ विश्वकै उत्कृष्ट गन्तव्य हो,’ उनले भने ।
पेरेस त्यतिमा रोकिएनन् । बार्सिलोना छाड्ने उनको निर्णय पुरै गलत भएको बताएका छन् । दुई वर्षअघि नेयमार विश्व कीर्तिमानी रकममा बार्सिलोनबाट पिएसजी पुगेका थिए । ‘उनी अझै राम्रो खेलाडी बन्ने क्रममा थिए । उनले बार्सिलोना छाडेदेखि राम्रो गर्न सकेका छैनन्,’ उनले भने,’ म रियललाई पछ्याउँदै आएको छु । रियल सहि ढंगले अघि बढेको छ । यदि नेयमारले रियलको जर्सी लगाउने अवसर पाउँछन् भने मलाई लाग्छ त्यसमा दुई पटक सोच्नु पर्दैन । ‘
पेरेसले सान्तोसका बारेमा जानकारी दिने क्रममा भने, ‘हामीसँग पेले र अन्य त्यस्तै उत्कृष्ट खेलाडी रहे । हामी युरोपमा वर्षमा ६० देखि ७० वटा मैत्रीपूर्ण फुटबल खेल्थ्यौं । तर अहिले त्यो सम्भव छैन । हामी कहाँबाट पेले, रोविन्हो, नेयमार र अहिले रोड्रिगो जस्ता खेलाडी तयार भए । ‘
सान्तोसले जहिले पनि आक्रमक फुटबललाई प्राथमिकतामा राखेको उल्लेख गदै पेरेसले भने, ‘हामी जहिले पनि विपक्षलाई नियन्त्रणमा राख्ने प्रयास गछौं । हामी फेरि विजयी हुनेछौं । हामी अन्तर्राष्ट्रिय स्तरमा सबै भन्दा परिचित ब्राजिलियन क्लब हौं,’ उनले थपे ।
रियलले नेयमारलाई लिन चाहेमा पिएसजीलाई १ सय ७० मिलियन युरो रिलिज क्लजका रुपमा तिर्नुपर्ने हुन्छ । सम्भवतः अर्को सिजन त्यो क्लज तोडिनेछ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]