default_image

7 years ago

May 14, 2019

किरण र विमलले मैत्रीपूर्ण खेल्ने सम्भावना कम !

133 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङ र फरवार्ड विमल घर्तिमगरले अर्को महिना हुने दुई मैत्रीपूर्ण खेल खेल्ने सम्भावना कम देखिएको छ । नेपाली टोलीले जेठ १९ गते मलेसिया र जेठ २३ गते चाइनिज ताइपेसँग मैत्रीपूर्ण खेल्ने तय भएको छ ।

तर, किरण र विमल भने अर्को साता क्लब ड्यूटीका लागि माल्दिभ्स जाने तयारीमा छन् । किरण र विमल टिसी स्पोर्टस आबद्ध भएका छन् । टिसीमा किरणको यो लगातार तेस्रो र विमलको पहिलो सिजन हो ।

‘अर्को साता मंगलबार वा बुधबार माल्दिभ्स जाँदैछौं । प्रि सिजनका लागि पनि क्लबले बोलाइसकेको छ । मैले केहि दिन समय मागरे अलि ढिला जान लागेको छु, किरणले भने, मैत्रीपूर्ण खेलको लागि के हुन्छ । त्यहि गएपछि मात्र भन्न सकिन्छ ।

किरणका अनुसार अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरले मैत्रीपूर्ण खेलका लागि मलेसिया नै आउनुपर्ने बताएका छन् । इन्द्रमान (तुलाधर) सरले क्लबलाई पत्राचार गछौं भन्नु भएको छ, उनले भने, एन्फा र क्लबको सहमति जे हुन्छ , हामीले त्यहि अनुसार गर्ने हो ।

किरणले थपे, प्रि सिजनका लागि क्लबले दुवई कतार वा मलेसिया नै लाने तयारी गरेकोले सम्भवत मैत्रीपूर्ण खेलका लागि नछाड्न सक्छ । टिसीलाई गत सिजन लिग च्याम्पियन बनाउने क्रममा किरण उत्कृष्ट गोलकिपर घोषित भएका थिए ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.