default_image

7 years ago

May 14, 2019

नेम्वाङ एन्फाको वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत

214 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– पंकज बिक्रम नेम्वाङ अखिल नेपाल फुटबल संघ (एन्फा) को वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत चयन भएका छन् । एन्फा कार्यसमितिको मंगलबार बसेको कार्यसमिति बैठकले नेम्वाङलाई सर्वसम्मत चयन गरेको प्रवक्ता किरण राईले जानकारी दिएका छन् ।

केन्द्रिय कार्यसमितिको निर्वाचन भएको एक वर्षपछि एन्फाले वरिष्ठ उपाध्यक्ष पाएको छ । एन्फा विधान अनुसार ४ उपाध्यक्षमध्येका एक वरिष्ठ तोक्ने प्रावधान अनुसार नेम्बाङ चुनिएका हुन् ।

नेम्वाङसँगै अर्का उपाध्यक्ष वीरबहादुर खड्काले वरिष्ठ उपाध्यक्षमा दाबी गरेका थिए । बाँकी दुई उपाध्यक्ष कृष्ण थापा र उपेन्द्रमान सिंहले भने वरिष्ठमा दाबी गरेका थिएनन् । गत वर्ष वैशाख २२ गते भएको निर्वाचनमा नेम्वाङले उपाध्यक्ष मध्ये सर्वाधिक मत प्राप्त गरेका थिए ।

नेम्वाङ १७ वर्षदेखि लगातार एन्फा केन्द्रिय समितिमा रहँदै आएका छन् । चार कार्यकाल उनी केन्द्रिय सदस्य रहेका थिए । एन्फाका पूर्व अध्यक्ष गणेश थापाविरुद्धको आन्दोलनमा वर्तमान एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई नेम्वाङले सुरुवातबाट साथ दिदै आएका थिए ।

नेम्वाङ वरिष्ठ उपाध्यक्ष चयन प्रक्रिया विवादरहित भने रहन सकेन । वरिष्ठ उपाध्यक्षका अर्का आकांक्षी खड्का र दुई केन्द्रिय सदस्य रत्नकुमार श्रेष्ठ र पूर्णकुमार चित्रकारले बैठक बहिष्कार गरेका थिए ।

एन्फा बैठकमा दायाँबाट क्रमश : उपाध्यक्ष उपेन्द्रमान सिंह, कृष्ण थापा, महासचिव इन्द्रमान तुलाधर, अध्यक्ष कर्मा छिरिङ र वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङ ।

एन्फा बैठकले २०७६र७७ को वार्षिक कार्यक्रम तथा बजेट पारित गरेको छ । कार्यक्रमहरु मध्ये जिल्ला लिग, प्रदेश लिग, र एन्फा प्रेसिडेन्ट लिगको नियमावलीहरु अनुमोदन गरी यसवर्ष देखि सञ्चालन गर्ने निर्णय गरेको छ । यस्तै आगमी वर्ष राष्ट्रिय लिग पनि गर्ने निर्णय गरेको छ ।

बैठकले भौतिक पुर्वाधार मर्मत सम्भार तथा निर्माण गर्न संघका सदस्यहरु ४५ जिल्ला फुटबल संघ, ‘ए’, ‘बी’ र ‘सी’ डिभिजन क्लबहरुको सम्भाव्यता अध्ययन गरी आगमी वर्षमा १० स्थानमा एकैपटक भौतिक पुर्वाधारहरु निर्माण गर्ने निर्णय गरेको छ ।

प्रदेश स्तरीय कार्यक्रमहरु सञ्चालन गर्न महासचिवको सहयोगीको रुपमा सातै प्रदेशमा संघका सहायक महासचिवहरुलाई जिम्मेवारी तोकिएको छ ।

प्रदेश १ मा बसन्त अर्याल, प्रदेश २ मा मोहम्मद समिउल्लाह, प्रदेश ३ मा मोहन कुमार बस्नेत, गण्डकी प्रदेशमा विश्व पौडल, प्रदेश ५ मा प्रकाश पंगेनी, प्रदेश ६ र ७ मा सदस्य प्रकाश विष्टलाई जिम्मेवारी तोकिएको छ ।

केन्द्रीय स्तरको अन्य कार्यक्रमका लागि सहायह महासचिव अरुणमान जोशीलाई जिम्मा दिइएको छ । संघको विभिन्न समितिमा रहेका सबैलाई संघको हित विपरित प्रतिक्रिया दिने कार्य नगर्न बैठकले सबैलाई आग्रह गरेको छ ।

यस्तै बैठकले २०७६ देखि सञ्चालनमा हुने एन्फा एकेडेमी बुटवल र धरानमा यसवर्ष देखि समान २५ खेलाडीहरु छनोट गरी प्रशिक्षण प्रदान गर्ने निर्णय पनि गरेको छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.