default_image

7 years ago

May 15, 2019

रोनाल्डो र इब्राहिमोभिचको समानता

113 views

0 Bookmark

टुरिन (एजेन्सी)– क्रिस्टियानो रोनाल्डो र ज्लाटान इब्राहिमोभिचको जितमा मात्र खेल्न रमाइलो मान्ने समानता रहेको युभेन्ट्सका प्रशिक्षक मासिमिलियाने एलिग्रीले बताएका छन् । त्यसैले रोनाल्डो र इब्राहिमोभिच जितका लागि हर सम्भव प्रयास गर्ने आफुले महसुस गरेको उनले सुनाएका छन् ।

एलिग्रीको प्रशिक्षणमा इब्राहिमोभिचले एसी मिलानमा खेलेका थिए । स्विडेनका पूर्व स्टारले अलग अलग क्लबबाट धेरै लिग उपाधि र अन्य उपाधि जितेका थिए । अहिले इटालियन एलिग्रीले रोनाल्डोलाई एक सिजन प्रशिक्षण दिइसकेका छन् । उनले रोनाल्डो र इब्राहिमोभिच दुवैलाई नजिकबाट चिनेका छन् ।

एलिग्रीका अनुसार रोनाल्डो र इब्राहिमोभिच धेरै खेल्न भन्दा पनि जित्दा उनीहरु बढी खेलमा आनन्द लिन्छन् र त्यसले उनीहरुलाई जितको श्रृखंला तयार पार्न मद्दत गर्छ ।

‘एउटा खेलाडी जसले सबै जितिसकेको छ । ३४ वर्षको त्यस्तो खेलाडीमा अझै जितको भोक हुनु कठिन हुन्छ । तर उनीह जितको भोको छन्,’ प्रशिक्षक एलिग्रीले भने,’ उनको समर्पण अकल्पनिय छ । हामीले रोनाल्डोबाट सिक्नुपर्दछ । मैले पनि धेरै सिकेको छु । उनी जस्तो विश्वकै उत्कृष्ट खेलाडीसँग सबैले काम गर्ने अवसर पाउँदैनन् । ‘

यहि सिजनको सुरुवातमा रोनाल्डो रियल म्याड्रिडबाट युभेन्ट्स पुगेका थिए । युभेन्ट्सले यो पटक घरेलु लिग जितिसकेको छ । तर, उनी टोलीलाई च्याम्पियन्स लिग उपाधि दिलाउनबाट भने असफल रहे । यद्दपी रोनाल्डो क्लबमा रहँदासम्म युभेन्ट्सले च्याम्पियन्स लिग जित्ने सम्भावना कायमै छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.