default_image

7 years ago

May 15, 2019

सन्न्यास लिएका भान पर्सीलाई विशेष जर्सी

116 views

0 Bookmark

एजेन्सी– रोविन भान पर्सीका लागि व्यवसायिक फुटबल जीवनको अन्तिम खेल विशेष रह्यो । उनका लागि विशेष टिसर्ट तयार पारिएको थियो । उनले खेल जीवनमा बिताएका सबै चार क्लबको जर्सीको टुक्रा जोडेर नयाँ जर्सी बनाइएको थियो ।

यद्दपी उनको खेल जीवनको अन्त्य क्लबको हारबाट भएको छ । उनको टोली फेयनोर्ड एडो डेन हागबाट २–० ले पराजित भएको थियो । खेलको इन्जुरी समयमा परिवर्तन गरिएका भान पर्सीले गार्ड अफ अनर पाएका थिए । उनलाई समर्थकहरुले निकै आत्मिय सम्मान देखाएका थिए ।

नेदरल्यान्ड्सको खेल सामाग्री उत्पादन कप्तानी ब्लाड इन ब्लडले भान पर्सीका लागि विशेष जर्सी तयार पारेको थियो । उनले सिनियर लेभलमा खेलेका सबै क्लबको जर्सीको प्रयोगमा नयाँ जर्सी बनाइएको थियो ।

जसमा म्यानचेस्टर युनाइटेडको सन् २०१२ /१३ को घरेलु मैदान खेल्दा लगाइएको जर्सीको प्रयोग गरिएको थियो भने आर्सनलको २००७ /०८ को अवे जर्सीको प्रयोग गरिएको थियो । त्यस्तै फेनरवाच र फेयनोर्डको परम्परागत घरेलु जर्सीको प्रयोग गर्दै नयाँ जर्सी तयार पारिएको थियो ।

फेयनोर्डबाट खेल जीवनको सुरुवात गरेका भान पर्सी २०१८ को जनवरीमा पुन सोही क्लब फर्केका थिए । उनले दोस्रो पटक पनि क्लबमा निकै प्रभाव जमाए । उनले ४९ खेलका खेल्ने क्रममा २५ गोल गरे ।

प्रिमियर लिगमा उनी सबै भन्दा बढी गोल गर्ने डच खेलाडी बने । आर्सनल र युनाइटेडका लागि गरेर उनले १ सय ४४ गोल गरेका थिए । २००४ मा उनले फेयनोर्डबाट आर्सनलको यात्रा तय गरेका थिए । जहाँ उनले ८ वर्ष बिताए । आर्सन वेङ्गरको प्रशिक्षण्मा उनले एफए कप जितेका थिए । त्यसपछि उनी २०१२ मा युनाइटेड पुगे ।

प्रशिक्षकका रुपमा एलेक्स फर्गुसनको अन्तिम वर्ष युनाइटेडले लिग उपाधि जित्दा भान पर्सी त्यसको महत्वपूर्ण सदस्य थिए । २०१५ मा उनले युनाइटेड छाडे र तीन वर्षका लागि टर्कीस क्लब फेनरवाचमा आबद्ध भए । त्यसपछि उनी बाल्यकालको क्लब फर्के ।

नेदरल्यान्डका लागि पनि उनी सफल खेलाडीका रुपमा रहे । देशका लागि १ सय २ खेल खेल्दै उनले ५० गोल गरेका थिए । दक्षिण अफ्रिकामा २०१० भएको विश्व कपको फाइनलमा उनी सम्मिलित नेदरल्यान्ड्स टोली स्पेनसँग १–१ ले पराजित भएको थियो । उनले सन् २०१४ विश्वकपमा तत्कालिन विश्व च्याम्पियन स्पेनविरुद्ध गरेको डाइभीङ हेडर गोलले विश्व फुटबलमा निकै चर्चा बटुलेको थियो ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.