default_image

7 years ago

May 15, 2019

ग्रिजमन एट्लेटिको छाड्ने, बार्सिलोना जाने सम्भावना

111 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लब एट्लेटिको म्याड्रिडका फरवार्ड एन्टोइन ग्रिजमनले क्लब छाड्ने घोषणा गरेका छन् ।

फ्रान्सका फरवार्ड ग्रिजमनलले एटलेटिको छाडेसँगै बार्सिलोनाले उनलाई अनुबन्धन गर्ने प्रस्ताव अगाडी सारेको छ । क्याटलान क्लबले १०४ मिलियन पाउन्डको प्रस्ताव गर्नेछ । एटलेटिकोले उक्त प्रस्ताव स्वीकार गरे २८ वर्षीय ग्रिजमन १ जुलाईमा बार्सिलोना प्रस्थान गर्नेछन् ।

ग्रिजमनको क्लब छाड्ने प्रस्तावलाई यसपटक क्लबले रोकेन । उनलाई गत सिजन पनि बार्सिलोनाले अनुबन्ध गर्ने प्रयास गरेको थियो । क्लबका अध्यक्ष मिगुएल एन्जल गिल र प्रशिक्षक डिएगो सिमोनीसँगको सल्लाहमै ग्रिजमनले क्लब छाड्ने घोषणा गरेका हुन् । अध्यक्ष गिल र प्रशिक्षक सिमोनीले उनको उज्जल भविष्यको कामना गरेका छन् ।

क्लब छाड्ने पक्का भएसँगै ग्रिजमनले सामाजिक सन्जालमा भिडियो पोस्ट गर्दै चोलो (सिमोनी) र अध्यक्ष गिललाई धन्यवाद व्यक्त गर्दै क्लब छाड्ने आफ्नो निर्णय सही भएपनि मलाई अर्काे क्लबमा ठुलो चुनौती हुने बताएका छन् । ‘यो निर्णय पक्कै सहज छैन । मैले यहाँ ५ वर्ष बिताए । मेरा समर्थक र सबैलाई भन्यवाद । मैले यहाँ मेरो लागि पहिलो ट्रफी जितेको छु । क्लबमा बिताएको अविस्मरणीय क्षणलाई म कहिल्यै बिर्सने छैन,’ ग्रिजमनले भनेका छन् ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.