default_image

7 years ago

May 15, 2019

क्रोएसियाका स्टिमेक भारतीय प्रशिक्षकमा नियुक्त

123 views

0 Bookmark

एजेन्सी – क्रोएसियाका पुर्व खेलाडी इगर स्टिमेकलाई भारतीय फुटबल फेडेरेसनले भारतीय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।

क्रोएसियाको सिनियर टोलीलाई समेत प्रशिक्षण गराइसकेको स्टिमेकलाई भारतीय फुटबल फेडेरेसनले बुधबार दुई वर्षको लागि मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।

भारत एसिया कपबाट बाहिरिएसँगै तत्कालिन प्रशिक्षक स्टेफन कोन्सेन्टाइनले पदबाट राजिनामा दिएपनि भारत प्रशिक्षक विहीन रहेको थियो ।

‘हामीले क्रोएसियाका इगरलाई मुख्य प्रशिक्षकको रुपमा छनोट गरेका छौं । अल इन्डिया फुटबल फेडेरेसन (एआइएफएएफ)का सबैजनाले उनलाई प्रशिक्षक बनाउन सहमत जनाएका छन् । उनी निकै राम्रा छन् । त्यसैले हामीले उनलाई छनाट गरेका हौं ।’ एआइएफएफले भनेको छ ।

भारतीय टिमको प्रशिक्षक बन्ने दौडमा स्टिमेकसँगै स्वीडेनका हाकान इरिक्सन, अल्वर्ट रोका र लि मिङ सङ रहेपनि हामीले इगरलाई नै रोजेको टेक्निकल कमिटिका प्रमुख श्याम थापाले गोलडटकमलाई बताएका छन् ।

५१ वर्षीय स्टिमेक यसअघि सन् २०१२ जुलाईमा क्रोएसियाको मुख्य प्रशिक्षक बनेका थिए । उनले २०१३ अक्टोवरमा पदबाट राजीनामा दिनुअघि १५ महिना क्रोएसियाको सिनियर टिम सम्हाल्दा टिमलाई सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा छनोट गराउन सफल भएको थियो ।

२००४ देखि प्रशिक्षण शुरु गरेका स्टिमेकले क्रोएसियाको सिनियर लिग फुटबलमा ह्याडजक स्लिटलाई लिग च्याम्पियन बनाएका थिए । त्यसपछि उनी लामो समय एसियान इरान र कतारको शाहानियाको प्रशिक्षक बनेका थिए ।

क्रोएसियाका पुर्व डिफेन्डरसमेत रहेका स्टिमेकले ५३ क्याप जित्दै दुई अन्तर्राष्ट्रिय गोल गरेका छन् । उनी १९९० देदि २००२ सम्म क्रोएसियाको टिमको मुख्य सदस्य रहेका थिए । उनले इंग्ल्यान्डको डर्वी र वेस्टह्यामबाट छोटो समय व्यवसायिक फुटबल खेलेका थिए ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.