default_image

7 years ago

May 15, 2019

पहिलो हाफमा मनाङ १–० ले पछि

168 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी कप फुटबल अन्तर्गत चौथो चरणको खेलमा पहिलो हाफमा घरेलु टोली मनाङ–मर्स्याङ्दि क्लब भारतीय आई लिग च्याम्पियन क्लब मिनर्वा पन्जावसँग १–० ले पछि परेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा जारी खेलमा पाहुना टोलीले खेलको ३९औं मिनेटमा मोईरङ्गथेम थोइवा सिहको अग्रता लिएको थियो । उनले रोबर्ट अल्फ्रेडको क्रसमा गोलरक्षकले क्लियर गरेको बललाई बक्सभित्रैबाट जाली चुमाएका थिए । लगत्तै श्रेयसको प्रहार गोलरक्षक बिशाल श्रेष्ठले मुस्किलले बचाएका थिए ।

खेलको आठौं मिनेटमा लालमुवानपुइया स्यामुइलको बक्सबाहिरको सशक्त प्रहार क्रसबारमा लागेर फर्किएको थियो । १३औं मिनेटमा मोईरङ्गथेम थोइवा सिहको प्रहार पनि क्रसबारमा लागेर फर्कदा मनाङ भाग्यशाली सावित भएको थियो । त्यसअघि छैटौ मिनेटमा मनाङले मौका पाएपनि सदुपयोग गर्न सकेनन् । दोस्रो हाफ केहीबेरमा शुरु हुनेछ ।

पहिलो हाफको इन्ज्युरी समयमा पन्वाव १० खेलाडीमा समेटिएको थियो । इन्ज्युरी समयको दोस्रो मिनेटमा पन्जावका डिफेन्डर प्रतिक जोशी दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिएको थियो । उनले मनाङका एडिलाजा सोमिडेमाथि फल गरेका थिए ।

समूह ‘इ’ मा रहेको मनाङ र पन्जाव जितविहीन छन् । यी दुई टोलीले अघिल्लो खेलमा २–२ गोलको बराबरी खेलेको थियो । मनाङले समूहमा पहिलो अंक जोड्न सफल हुदा पन्जावले लगातार तेस्रो बराबरीको नतिजा निकालेको थियो ।

मनाङले ३ खेलमा १ अंक जोड्दै अंक तालिकाको पुछारमा छ । पन्जाव ३ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा छ । २ खेलमा जित र एक बराबरी खेलेको चेन्नईन ७ अंकका साथ शीर्ष स्थानमा छ । समान एक एक खेलमा जित, हार र बराबरी खेलेको बंगलादेशी लिग च्याम्पियन क्लब अवहानी लिमिटेड ४ अंक सहित दोस्रो स्थानमा छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.