default_image

7 years ago

May 15, 2019

पन्जावसँग मनाङको बराबरी

122 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी कप फुटबल अन्तर्गत चौथो चरणको खेलमा घरेलु टोली मनाङ–मस्र्याङ्दी क्लबले भारतीय आई लिग च्याम्पियन मिनर्वा पन्जावसँग बराबरी खेलको छ ।

मनाङले १० खेलाडीमा समेटिएको पन्जावसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । बराबरीसँगै दुवै टोलीले समूहमा जित निकाल्न सकेनन् । मनाङले भने चौथो खेल सकिदा पनि जित निकाल्न सकेको छैन । यी दुई टोलीले अघिल्लो खेलमा २–२ गोलको बराबरी खेलेको थियो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बुधबार भएको खेलको पहिलो हाफमा मोईरङ्गथेम थोइवा सिंहले गोल गर्दै पाहुना टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । उनले ३९औं मिनेटमा रोबर्ट अल्फ्रेडको क्रसमा गोलरक्षकले क्लियर गरेको बललाई बक्सभित्रैबाट जाली चुमाएका थिए ।

पहिलो हाफको इन्ज्युरी समयमा पन्जाव १० खेलाडीमा समेटिएको थियो । इन्ज्युरी समयको दोस्रो मिनेटमा पन्जावका डिफेन्डर प्रतिक जोशी दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिएको थियो । उनले मनाङका एडिलाजा सोमिडेमाथि फल गरेका थिए ।

दोस्रो हाफमा मनाङले १० खेलाडीमा समेटिएको पन्जावलाई दवावमा राख्यो । ५४औं मिनेटमा अभिषेक रिजालको क्रसमा अन्जन विष्टको लो हेडलाई पन्जावका गोलरक्षक अर्सदिप सिंहले मुस्किलले बचाउदा मनाङ बराबरीबाट चुकेको थियो । ६१औं मिनेटमा हेमन गुरुङको कर्नरमा अजिज सहिदको हेड पोस्टबाट थोरै बाहिरिएको थियो ।

८१औं मिनेटमा मनाङले बराबरी गोल फर्कायो । मनाङका डिफेन्डर साहिद अजिजले हेडमार्फत बराबरी गोल गरेका थिए । उनले अन्जन विष्टको पासलाई सदुपयोग गरेका थिए । ८९औं मिनेटमा पन्जावले गोल गरेपनि रेफ्रीले अफसाइडको इसारा गरिदिए । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा एडिलाजाको क्रसमा बिमल रानाले अफसाइड भनेको छाडेको बललाई आफिज ओलावालेले प्रहार गरेपनि गोलरक्षकले बचाए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल १–१ गोलको बराबरीमा सकियो ।

पहिलो हाफमा दवावमा मनाङले दवावमा खेलेको थियो । खेलको आठौं मिनेटमा लालमुवानपुइया स्यामुइलको बक्सबाहिरको सशक्त प्रहार क्रसबारमा लागेर फर्किएको थियो । १३औं मिनेटमा मोईरङ्गथेम थोइवा सिहको प्रहार पनि क्रसबारमा लागेर फर्कदा मनाङ भाग्यशाली सावित भएको थियो । त्यसअघि छैटौ मिनेटमा मनाङले मौका पाएपनि सदुपयोग गर्न सकेनन् । ३९औं मिनेटमा मोईरङ्गथेम थोइवा सिंहको गोलबाट पन्जावले अग्रता लिएको थियो । गोलरक्षक बिशालले लगत्तै श्रेयसको प्रहारलाई मुस्किलले बचाएका थिए ।

बराबरी सँगै पन्जावले समूह ‘इ’ मा ४ अंक जोड्दै तेस्रो स्थानमा यथावत रहादा मनाङ २ अंक जोडेर पुछारमा यथावत छ । २ खेलमा जित र एक बराबरी खेलेको चेन्नईन ७ अंकका साथ शीर्षस्थानमा छ । समान एक एक खेलमा जित, हार र बराबरी खेलेको बंगलादेशी लिग च्याम्पियन क्लब अवहानी लिमिटेड ४ अंक सहित दोस्रो स्थानमा छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.