7 years ago
May 20, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक योहान कालीनले मलेसिया र चाइनिज ताइपेइविरुद्ध हुने दुई मैत्रीपूर्ण खेलका लागि अन्तिम टोली घोषणा गरेका छन् ।

प्रशिक्षक कालीनले झन्डै २ साता प्रशिक्षणपछि टोली घोषणा गरेका हुन् । टोलीमा स्टार फरवार्ड विमल घर्तिमगर, हेमन गुरुङ र भरत खवासले टोलीमा स्थान बनाउन सकेनन् । उनीहरु पूर्ण रुपमा फिट नभएका कारण टोलीमा नपरेको प्रशिक्षक कालीनले बताए । तीनै खेलाडी गत साता विश्राममा रहेर पछिल्लो केहि दिन हल्का प्रशिक्षणमा सामेल भएका थिए ।
‘विमल, भरत र हेमन पूर्ण रुपमा फिट थिएनन् । हामीले दुई महत्त्वपूर्ण खेल खेल्दैछौं र उचित विकल्प रहेकाले उनीहरुलाई विश्राम दिने भएका हौं । पछिल्लो खेलबाट युवा खेलाडीहरु पनि समावेश भएपछि प्रशिक्षण निकै राम्रो रहयो । हामीले दिर्घकालिन रुपमा टोलीलाई तयार पर्न खोजेका हौं,’ कालीनले भने ।
नेपालले जुन २ मा मलेसिया र जुन ६ मा चाइनिज ताइपेइसँग खेल्दैछ । यसअघि कालीनको प्रशिक्ष्कत्वमा नेपालले कुवेतविरुद्ध एक बराबरी र एक हार बेहोरेको थियो ।
अन्तिम टोली :
गोलरक्षक : किरण चेम्जोङ, एलन न्यौपाने, विकेश कुथु
डिफेन्डर : विराज महर्जन, सरोज दाहाल, रजिन धिमाल, सुमन अर्याल, अनन्त तामाङ, अजित भण्डारी, देवेन्द्र तामाङ, रवी सिलवाल
मिडफिल्डर/फरवार्ड : तेज तामाङ, सुनिल बल, विशाल राई, रोहित चन्द, विक्रम लामा, सन्तोष तामाङ, सुजल श्रेष्ठ, विमल राना, रविशंकर पासवान, अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]