7 years ago
May 20, 2019
काठमाडौं (हाम्रो खेलकुद) – सेथु फुटबल क्लबले इन्डियन वुमन्स लिग (आइडब्यूएल) को सेमिफाइनलको पहिलो हाफमा ३–० को अग्रता लिएको छ ।

सेन्ट्रल एमएसबीविरुद्धको त्यो खेलमा दोस्रो गोल नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य सावित्रा भण्डारीले गरेकी थिइन् । सावित्राले ४१ औं मिनेटमा ग्रेसको क्रसमा गोल गरेकी थिइन् ।
त्यसअघि १३ औं मिनेटमा ग्रेसको गोलबाट सेथुले अग्रता लिएको थियो । ग्रेसले नै इन्जुरी समयमा अर्को गोल गर्दा सेथुले पहिलो हाफमा ३-० को अग्रता लिएको छ । छैटौं खेलमा आइपुग्दा सावित्राको गोलसँख्या १० पुगेको छ । उनले दुई खेलमा ह्याट्रिक गरेकी थिइन् ।

December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]