7 years ago
May 20, 2019
काठमाडौं (हाम्रो खेलकुद) – सेथु फुटबल क्लब इन्डियन वुमन्स लिग (आइडब्यूएल) को फाइनलमा पुगेको छ । पन्जावस्थित गुरुनानक रंगशालामा सेन्ट्रल एसएसबीमाथि सोमबार ८–१ को सहज जित हात पार्दै दुई नेपाली खेलाडी सम्मिलित सेथु उपाधि नजिक पुगेको हो ।

बुधबार हुने फाइनलमा सेथुले मणिपुर पुलिसको सामना गर्नेछ । टोलीको जितमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य सावित्रा भण्डारीले ४ गोल गरिन् । भारतीय खेलाडी ग्रेसले ह्याट्रिक पुरा गरेको खेलमा रतनबाला देवीले १ गोल थपिन् ।

सावित्राले ४१, ५९ र ६५ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेकी थिइन् । उनले चौथो गोल खेलको अन्तिम मिनेटमा गरेकी थिइन् । लिगमा सावित्राको यो तेस्रो ह्याट्रिक हो ।
टोलीको छैटौं खेलसम्म आइपुग्दा सावित्राको गोल संख्या १३ पुगेको छ । उनले एउटा बाहेक सबै खेलमा गोल गरेकी थिइन् । उनको तुलानामा नेपाली टोलीकी अर्की सदस्य अनिता बस्नेतले भने खासै मौका पाएकी छैनन् । लिगमा एकजना विदेशी खेलाडी मात्र मैदानमा उतार्न पाइने हुनाले सावित्रालाई आराम दिइएको खेलमा मात्र अनिताले पहिलो रोजाईमा खेल्ने मौका पाएकी थिइन् । उनले लिगमा एक गोल गरेकी छिन् ।
सेथुका लागि ग्रेसले १३ औं, पहिलो हाफको इन्जुरी समय र ५२ औं मिनेटमा गोल गरेकी थिइन् । रतनबालाले ७१ औं मिनेटमा गोल गरेकी थिइन् ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]