7 years ago
May 21, 2019
एजेन्सी – फ्रान्सेली युवा फरवार्ड किलियन एमबाप्पेले यस वर्षको बालोन डी’ओर उपाधि बार्सिलोनाका कप्तान लिओनेल मेसीले जित्नुपर्ने बताएका छन् ।

युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलमा लिभरपुलसँग पराजित भएपनि मेसी प्रतिष्ठित व्यक्तिगत उपाधिको हकदार भएको एमबाप्पेले बताएका हुन् । मेसीले बार्सिलोनालाई लगातार स्पेनिस ला लिगा उपाधि दिलाउने क्रममा ३६ गोल गरे । उनी लिगको सर्वाधिक गोलकर्ता पनि बने । युरोपेली गोल्डेन बुटको दौडमा पनि मेसी शीर्षस्थानमा छन् ।
यस सिजन ब्यालोन डी’ओर को दावेदार कसले जित्छ भन्ने प्रश्नमा एमबाप्पेले एकै शब्दमा मेसीको नाम लिएका हुन् । ‘मेसी’, उनले भने, ‘ च्याम्पियन्स लिगको सेमिफाइनलमा बाहिरीपनि त्यसले फरक पर्दैन । उनी नम्बर १ खेलाडी हुन् । उनले यस वर्ष पनि आफ्नो उत्कृष्टता सिद्ध पारेका छन् । डिसेम्बर आउन धेरै समय बाँकी छ तर म मेसीले चिन्ता लिनुपर्ने देख्दिन,’ एमबाप्पेले भने ।
मेसीले यस वर्ष अर्जेन्टिनाको कप्तानी गर्दै कोपा अमेरिकामा पनि सहभागिता जनाउँदै छन् । अर्जेन्टिना पछिल्लो दुवै फाइनलमा चिलीसँग पराजित भएको थियो ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]