10 years ago
May 13, 2016
विगतका सालहरुमा स्पेनिश ला लिगाको उच्च गोलकर्ताको शिर्ष दुइ स्थानमा क्रिस्टियानो रोनाल्डो र लिओनेल मेस्सीको नाम हुन्थ्यो, तर यो साल लुइस स्वारेजले सो परम्परा तोड्ने लगभग पक्का भएको छ|
सिजनको अन्तिम खेल बाँकी रहदासम्म स्वारेजले ३७ गोल गरेका छन् भने रोनाल्डोको नाममा ३३ गोल रहेको छ| लिओनेल मेस्सी २६ गोलसहित तेश्रो स्थान र रियल म्याड्रिडका करिम बेन्जेमा र बार्सिलोनाका नेयमार समान २४ गोल सहित चौथो स्थानमा छन्|
छ वर्षयता पहिलो पटक रोनाल्डो वा मेसिबाहेकको खेलाडीले ला लिगाको उच्चा गोलकर्ताको उपाधि जित्न लागेका छन्| यसअघि २००८/०९ सिजनमा अट्लेटिको म्याड्रिडका डिएगो फोर्लानले सो उपाधि जितेका थिए| विगत छ वर्षमा रोनाल्डो र मेस्सीले समान तिन-तिन पटक सो उपाधि जितेका छन्|
म्याड्रिड र बार्सिलोना दुवैले यो सिजन १०६ गोल गरेका छन्| रियल म्याड्रिडले सिजनको अन्तिम खेल डेपोर्तिभो ल कोरुनाको घरमा खेल्दैछ भने बार्सिलोनाले ग्रनाडामा आफ्नो अन्तिम खेल खेल्नेछ| बार्सिलोना ८८ अंकसहित पहिलो स्थानमा छ भने रियल म्याड्रिड ८७ अंक लिएर दोश्रो स्थानमा रहेको छ|
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]