default_image

7 years ago

May 21, 2019

किरण र विमल माल्दिभ्स जान अझै केहि दिन लाग्ने

139 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटबल टोलीका पहिलो रोजाईका गोलरक्षक किरण चेम्जोङ र स्टार फरवार्ड विमल घर्तिमगर माल्दिभ्स जान अझै केही दिन लाग्ने भएको छ ।

किरण र विमल आज माल्दिभ्स जाने पूर्वनिर्धारित तालिका रहेपनि विविध कारणले आज माल्दिभ्स जान नसकेको गोलरक्षक किरणले बताएका छन् । ‘विमल र म आजै माल्दिभ्स जाने तयारीमा थियौं । तर, आज प्राविधिक समस्याका कारण जान सकेनौ । अब अर्को साता मंगलबार वा बुधबार माल्दिभ्स जाने तयारीमा छौं,’ किरणले भने, ‘प्रि सिजनका लागि क्लबले बोलाइसकेको छ । हामीले केही दिन समय मागेर अलि ढिला जान लागेका छौं ।’

किरण र विमल माल्दिभ्सको टिसी स्पोर्टस् क्लबमा आबद्ध भएका छन् । टिसीमा किरणको यो लगातार तेस्रो र विमलको पहिलो सिजन हो । नेपाली टोलीले जेठ १९ गते मलेसिया र जेठ २३ गते चाइनिज ताइपेसँग मैत्रीपूर्ण खेल्ने तालिका छ । मुख्य प्रशिक्षक योहान कालिनले सोमबार मात्रै दुई मैत्रीपुर्ण खेलको लागि विराज महर्जनको कप्तानीमा २३ सदस्यीय टोलीको घोषणा गरेका थिए । किरण टिममा समावेश हुँदा विमलले भने चोटका कारण टिममा स्थान बनाउन सकेनन् ।

किरणले मैत्रीपूर्ण खेलको लागि के हुन्छ अहिले नै केही भन्न नसकिने बताएका छन् । किरणका अनुसार अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरले मैत्रीपूर्ण खेलका लागि मलेसिया नै आउनुपर्ने बताएको र यसका लागि एन्फाले क्लबलाई पत्राचार गरिसकेको बताएको छ ।

‘एन्फा र क्लबको सहमति जे हुन्छ, हामीले त्यही अनुसार गर्ने हो । तर, प्रि सिजनका लागि क्लबले दुवई, कतार वा मलेसिया नै लाने तयारी गरेकोले सम्भवत मैत्रीपूर्ण खेलका लागि छाड्न नसक्ने बताएको छ । आशा गरौं उचित निष्कर्ष समयमा नै आउनेछ,’ उनले थपे । टिसीलाई गत सिजन लिग च्याम्पियन बनाउने क्रममा किरण उत्कृष्ट गोलकिपर घोषित भएका थिए ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.