7 years ago
May 23, 2019
म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडका समर्थकको रोजाईमा इडन हाजार्ड पहिलाृ नम्बरमा रहेका छन् । हाजार्ड चेल्सी छाड्ने मनस्थितिमा पुगेका छन् । स्पेनिस वेभसाइट एएसले गरेको सर्वोक्षणमा रियलका समर्थकले मत जाहेर गर्दा हाजार्ड शीर्षस्थानमा रहेका छन् । अर्को सिजन रियल समर्थक उनलाई क्लबको जर्सीमा देख्न चाहन्छन् ।

हाजार्ड शीर्षस्थानमा रहँदा समर्थकको रोजाइमा म्यानचेस्टर युनाइटेडका पाउल पोग्बा रोजाईको अन्तिममा रहेका छन् । कुल १ लाख ६० हजार मतमा फ्रान्सेली विश्व कप विजेता टोलीका सदस्य पोग्बाले १३ हजार ८ सय मत मात्र प्राप्त गरेका छन् ।
प्राप्त मतको झन्डै एक तिहाई ५३ हजार ७ सय मत हाजार्डले प्राप्त गरेका छन् । पछिल्लो साता उनले चेल्सीका समर्थकलाई अन्तिम विदाईका रुपमा हात हल्लाएका थिए । रियलका समर्थकले लुका जोभिचलाई दोस्रो रोजाईमा परेका छन् । उनले ३४ हजार ७ सय मत प्राप्त गरे ।
त्यस्तै क्रिस्टियन इरिक्सन तेस्रो, नेयमार चौथो, टानगाई एनडोमबेलो पाँचौं र पोग्बा छैटौं स्थानमा छन् । पछिल्लो केहि समय देखि रियल आउने सम्भावना रहेको बताइएका नेयमार पनि समर्थकको रोजाईमा पछाडि रहेका छन् ।
समर्थकको मत परिणाम
१. इडन हाजार्ड -५३,७००
२. लुका जोभिच -३४,७००
३. क्रिस्टियन इरिक्सन -२५,३००
४. नेयमार -१६,९००
५. टानगाई एनडोमबेले – १६,४००
६. पाउल पोग्बा – १३,८००
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]