default_image

7 years ago

May 22, 2019

मेस्सीको कप्तानीमा अर्जेन्टिनी टोली घोषणा

177 views

0 Bookmark

एजेन्सी – लियोनेल मेस्सीको कप्तानीमा अर्जेन्टिना फुटबल एसोसिएसन (एएफए) ले आसन्न कोपा अमेरिका फुटबलको लागि टोलीको घोषणा गरेको छ ।

मुख्य प्रशिक्षका लियोनेल स्कालोनीले स्टार फरवार्ड लियोनेल मेस्सीलाई टोलीमा समावेश गर्दै उनकै कप्तानीमा २३ सदस्यीय टोलीको घोषणा गरेका छन् । प्रशिक्षक स्कोलानीले मंगलबार राति ४० खेलाडीबाट २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।

मेस्सीले २०१६ को कोपा अमेरिका फाइनलमा पराजित भएपछि राष्ट्रिय टोलीबाट सन्यासको घोषणा गरेका थिए । त्यतिबेला अर्जेन्टिना पेनाल्टी सुटआउटमा चिलीसँग पराजित भएको थियो । तर, त्यसपछि अर्जेन्टिनी सरकार र फुटबल समर्थकको आग्रहमा उनी पुनः राष्ट्रिय टोलीमा फर्किएका थिए । रसिया विश्वकप समेत खेलेका मेस्सीले त्यसयताका केही खेलमा भने विश्राम लिएका थिए ।

२३ सदस्यीय टोलीमा यसपटक पाउलो डिबाला र सर्जियो अगुएरोले स्थान बनाउन सफल हुँदा अर्काे स्टार फरवार्ड मौरो इकार्डीले टोलीमा स्थान बनाउन सकेनन् । इटालियन क्लब इन्टर मिलानका कप्तान समेत रहेका उनले राम्रो प्रदर्शन गर्दै आएका छन् । अगुएरो रसिया विश्वकपपछि पहिलोपटक टोलीमा स्थान बनाउन सफल भए ।

कोपा अमेरिका जुनमा ब्राजिलमा आयोजना हुदैछ । समूह ‘बी’ मा रहेको अर्जेन्टिनाले कोलम्विया, पाराग्वे र पाहुना टोली कतारसँग प्रतिस्पर्धा गर्नेछ ।

पुर्ण टोली
गोलरक्षक– फ्रान्को अर्मानी (रिभर प्लेट), अगस्टिन मार्चेसिन (क्लब अमेरिका), इस्टेब्यान एन्ड्राडा (बोका जुनियर्स)
डिफेन्डर – निकोलस ओटामेन्डी (म्यानचेस्टर सिटी), रामिरो फुनेस मोरी (भिल्लारियल), मार्काेस अकुना (स्पोर्टिङ लिस्वन), निकोलस टागलियाफिको (आयाक्स), जर्मन पेज्जेला (फ्लोरेन्टिना), रेन्जो साराभिया (रेसिङ), जुवान फोयथ (टोटेनहम)
मिडफिल्डर – एन्जल डि मारिया (पीएसजी), रोबर्टाे पेरेरा (वाटफोर्ड), जियोभानी लो साल्सो (रियल बेटिस), लियान्दो पाराडेस (पीएसजी), रोड्रिगो डि पल (उडिनेसी), गुइडो रोड्रिग्वेज (क्लब अमेरिका), इजेक्वेल पालासियोस (रिभर प्लेट)
फरवार्ड – लियोनेल मेस्सी (अर्जेन्टिना), सर्जियो अगुएरो (म्यानचेस्टर सिटी), पाउलो डिबाला (युभेन्टस), लौटारो मार्टिनेज (इन्टर मिलान) र माटियस सुवारेज (रिभर प्लेट)

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.