7 years ago
May 23, 2019
म्याड्रिड (एजेन्सी)– क्रिस्टियानो रोनाल्डो जस्ता सफल खेलाडीले क्लब छाड्दा त्यसको असर स्वभाविक रुपमा पर्दछ । रोनाल्डोले पहिला म्यानचेस्टर युनाइटेड र यो सिजनको सुरुवातमा रियल म्याड्रिड छोड्दा त्यसको असर प्रष्ट रुपमा देखिएको छ ।

दुवै क्लबले रोनाल्डोको कमी महसुस गरेका छन् । एउटा तथ्यलाई मात्र हेर्ने हो भने पनि रोनाल्डो विना रियलको अवस्था प्रष्ट हुन्छ । रियलले ला लिगामा यसपटक निकै संघर्ष गर्नुपर्यो ।
यो सिजन लिगमा रियलले ६३ गोल गर्यो । टोलीले गत सिजन ९४ गोल गरेका थियो । त्यति बेला क्लबका लागि सर्वाधिक गोलकर्ता रोनाल्डो नै हुन्थे । पोर्चुगिज सुपर स्टारले रियलका लागि गत सिजन ३१ गोल गरेका थिए । गत सिजन र अहिलेमा टोलीले गरेको गोलमा पनि ठिक ३१ गोलकै अन्तर रहेको छ ।
रोनाल्डोले क्लब छाडेदेखि नै रियलको प्रदर्शन एकरुपको हुन सकेको छैन । उनले छाडेपछि रियलले सबै प्रतियोगितामा गरि १८ खेल हारेको थियो । जसमध्ये ला लिगामा मात्र टोली १२ खेलमा पराजित भयो ।
यद्दपी टोलीले तेस्रो स्थानमा रहँदै ला लिगाको अन्त्य गर्यो । उता युनाइटेडलाई पनि रोनाल्डोले क्लब छाडेपछि उनको उत्तराधिकारी पाउन संघर्ष गर्नुपरेको छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]