default_image

7 years ago

May 23, 2019

असहाय बालबालिकाले मलेसियामा मैत्रीपुर्ण खेल खेल्ने

151 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- सडक तथा असहाय बालबालिका फुटबल महोत्सवको विजेता टोलीले मलेसियामा त्यहाँको यू–१७ फुटबल टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

आयोजक सेल्टर आश्रय नेपालले बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै शुक्रबारदेखि हुने आयोजना हुने सडक बालबालिकाहरुबीच हुने फुटबल महोत्सवको विजेता महिला तथा पुरुष टोलीले मलेसियामा खेल्ने अवसर पाउने जानकारी गराएको हो ।

एन्फाको प्राविधिक सहयोग रहने प्रतियोगिता रहने प्रतियोगिता सडक तथा असाहाय बालबालिकाप्रति देखिने नकरात्मक व्यवहार हटाउँन ‘दे आर समबडी’ अर्थात उनीहरु केही हुन् भन्नको लागि यस्ता प्रतियोगिता आवश्यक रहेको सेल्टर आश्रय नेपालकी अध्यक्ष खुश्बु ओलीले बताइन् ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने फुटबल महोत्सव अन्तर्गत छात्र प्रतिस्पर्धामा १० टोली र छात्रातर्फ ६ वटा टोलीको सहभागिता रहने छ । छात्रतर्फ लिगकम नकआउटका आधारमा र छात्रातर्फ राउण्डरोबिन आधारमा हुने प्रतियोगिताको विजेता दुबै टोली मलेसियामा मैत्रीपूर्ण खेल खेल्नेछन् ।

त्यसको सम्पूर्ण व्यवस्थापन मलेसियन फुटबल एशोसियसनले गर्ने अध्यक्ष ओलीले बताइन् । महोत्सवमा फुटबलसँगै आर्ट वर्कशप र म्युजिक वर्कशप पनि हुने उनले जानकारी दिइन् । गायक एड्रिन प्रधानले बालबालिकाहरुलाई मनोरञ्जनात्मक प्रस्तुती दिनेछन् ।

एसियन फुटबल फेडेरेशनबाट ड्रिम एसिया अवार्ड मार्फत पाएको १० हजार अमेरिकी डलर र बाँकी रकम जुटाएर फुटबल महोत्सवको आयोजना गर्न लागिएको अध्यक्ष ओलीले बताइन्।

एक वर्ष सेल्टर आश्रय नेपालले सडक बालबालिकाको राष्ट्रिय लिग आयोजना गर्दै रसिया विश्वकप अघि सडक बालबालिकाको विश्वकप खेलाइसकेको छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.