default_image

7 years ago

May 23, 2019

इमाडोलको फराकिलो जित, सरस्वतीनगरको दोस्रो जित

113 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)-– इमाडोल युवा क्लबले राजधानीमा जारी सहिद स्मारक ‘सी’ डिभिजन लिगको छनोट चरणमा फराकिलो जित निकाल्दा सरस्वतीनगरले लगातार दोस्रो जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा कम्पलेक्सको खेल मैदानमा बिहीबार भएको खेलमा इमाडोलले ललितपुर ४ युनिफाइड भर्सिटी स्पोर्टस् क्लबमाथि ५–१ को फराकिलो जित निकालेको हो । इमाडोलको फराकिलो जितमा सुशान्त श्रेष्ठले ह्याट्रिक तथा क्रिजल खड्काले दुई गोल गरे । ललितपुरका कुन्साङ गुरुङले एक गोल फर्काए ।

बिहीबारै भएको अर्काे खेलमा सरस्वतीनगरले पञ्चकुमारी युवा क्लबलाई १–० ले हरायो । सरस्वतीको जितमा निशान माझीले गरेको एक गोल निर्णायक बन्यो । सरस्वती नगरको यो दोस्रो जित हो ।

यसअघि सरस्वती नगरले पहिलो खेलमा एफसी सी एसमाथि २–० को जित निकालेको थियो । छनोट लिगमा शुक्रबार दुई खेल हुनेछ । दुवै खेल बुद्धिबिकास खेल मैदान लगनखेलमा हुनेछ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.