default_image

7 years ago

May 24, 2019

सावित्रा र अनिता भोली स्वदेश फर्कने

125 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला टोलीकी सदस्य सावित्रा भण्डारी र अनिता बस्नेत भारतीय महिला फुटबल लिग खेलेर शनिबार स्वदेश फर्कदैछन् । सावित्राले शनिबार स्वदेश आइपुग्ने जानकारी दिइन् ।

सावित्रा र अनिता सम्मिलित सेथु फुटबल क्लब लिगको च्याम्पियन बनेको थियो । क्लबको उपाधि यात्रामा सावित्राको भूमिका महत्वपूर्ण रहेको थियो । मणिपुर फुटबल क्लबविरुद्ध बुधबार भएको फाइनलमा ३–१ ले सेथुले जितेको फाइनलमा सावित्राले २ गोल गरेकी थिइन् ।

फाइनल सम्म ७ खेल खेल्दा सावित्राले १५ गोल गरेकी थिइन् । सावित्राले टोलीलाई च्याम्पियन बनाउन र त्यसमा आफ्नो पनि सन्तोषजनक प्रदर्शन रहेकोमा खुसी व्यक्त गरिन् ।

उनीसँग टोलीमा आबद्ध अनिताले भने धेरै मौका पाइनन् । विदेशी एक जना खेलाडी मात्र मैदानमा रहन पाउने प्रावधानका कारण पनि अनिताले धेरै मौका पाइनन् । ७ मध्ये १ खेलमा मात्र अनिताले पहिलो रोजाईमा खेल्ने मौका पाएकी थिइन् ।

सावित्राले भने खेलेका ७ मध्ये ६ खेलमा पहिलो रोजाईमा खेलिन् । सावित्राले ७ खेलमा ३ ह्याट्रिक पनि पुरा गरिन् । व्यवासयिक करिअरमा एपिएफका सावित्रा र अनिताको यो भारत दोस्रो गन्तव्य हो । यसअघि यी दुवै माल्दिभ्स क्लबमा फुटसल खेल्न आबद्ध भएका थिए ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.