default_image

7 years ago

May 24, 2019

ब्राजिली मिडफिल्डरद्वारा संन्यास घोषणा

97 views

0 Bookmark

एजेन्सी – ब्राजिलका पुर्व मिडफिल्डर जुलियो बाप्टिस्टाले सबै खाले फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।

स्पेनिस क्लब रियल म्याड्रिड र इंग्लिस क्लब आर्सनलका पुर्वमिडफिल्डर बाप्टिस्टाले बिहीबार राति सामाजिक सन्जाल ट्वीटरबाट संन्यासको घोषणा गरेका हुन् ।

उनले सन्यासको घोषणा गर्दै अब विश्राम लिने बेला भएको र अब नयाँ जीवन बिताउने बताएका छन् । ‘२० वर्ष फुटबलमा बिताए । मैले यहाँ धेरै पाए । खेलाडीको करियरबाट सन्यास लिएको छु ।, बाप्टिस्टाले ट्वीटरमा लेखेका छन्, ‘अब नयाँ जीवन सुरुवात गर्नेछु । मलाई २० वर्षे अवधिमा साथ र सहयोग दिनुहुने सबैलाई धन्यवाद ।’

३७ वर्षीय बाप्टिस्टाले ब्राजिलका लागि दुई कोपा अमेरिका कप (२००४, २००७) फिफा कन्फेडेरेसन कप (२००५ र २००९) को उपाधि जितेका थिए । यस्तै बाप्टिस्टाले रियलबाट सन् २००८ मा स्पेनिस ला लिगा जितेका थिए । रियल र आर्सनलमा रहँदा उनले चोटसँग निकै संघर्ष गर्नुपरेको थियो ।

ब्राजिली साओपाउलोबाट २००० मा व्यवसायिक फुटबल यात्रा सुरु गरेका बाप्टिस्टाले रियल म्याड्रिड, आर्सनल, सेभिया, मालागा र क्लजबाट खेलेका थिए । रियलबाट लोनमा आर्सनल पुगेका बाप्टिस्टाले ३५ खेलमा १० गोल गरेका थिए ।

Sevilla, SPAIN: Brazil’s players Robinho (L), Ronaldinho (C) and Julio Baptista pose during a press conference before their friendly match Brazil against Sevilla to celebrate the centenary of Sevilla’s club in Sevilla, 05 September 2005. AFP PHOTO/CRISTINA QUICLER (Photo credit should read CRISTINA QUICLER/AFP/Getty Images)

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.