default_image

7 years ago

May 24, 2019

चेल्सीका पुर्व प्रशिक्षक कोन्टे इन्टर मिलानको प्रशिक्षकमा नियुक्त

113 views

0 Bookmark

एजेन्सी – इटालियन सिरी ‘ए’ क्लब इन्टर मिलानले इंग्लिस क्लब चेल्सीका पुर्व प्रशिक्षक एन्टोनियो कोन्टेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेका छन् ।

गत अक्टोबरमा युभेन्ट्स छाडि इन्टर मिलान पुगेका कार्यकारी निर्देशक बिप्पी मोराटाले कोन्टेलाई मुख्य प्रशिक्षकको रुपमा ल्याएको हो ।

४९ वर्षीय इटालियन कोन्टेलले इंग्लिस क्लब चेल्सीमा दुई वर्ष निकै विवादित रुपमा विताएका थिए । चेल्सीले गत जुलाईमा बर्खास्त गरेपछि कोन्टे भुमिका विहीन बनेको थियो ।

इटालियन महारथी युभेन्टसका पुर्व प्रशिक्षक समेत रहिसकेका कोन्टेले प्रशिक्षक बनेको पहिलो वर्षमै चेल्सीलाई प्रिमियर लिगको उपाधि जिताएका थिए । यस्तै कोन्टेले दुईपटक एफए कप उचालेका थिए । कोन्टेले युभेन्टसलाई पनि तीन सिरी ‘ए’ उपाधि जिताएका थिए ।

इन्टर मिलान सिरी ‘ए’ मा चौथो स्थानमा छ । आगमी आइतबार हुने खेलमा इम्पोलीलाई पराजित गरेमा इन्टर मिलान अर्को सिजनको लागि च्याम्पियन्स लिगलाई छनोट हुनेछ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.