default_image

7 years ago

May 24, 2019

रामोसले म्याड्रिड छाड्ने सम्भावना !

139 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिडका कप्तान सर्जियो रामोसले समर ट्रान्सफर विन्डोमा क्लब छाड्न सक्ने सम्भावना रहेको छ । सिजन २०१८/१९ मा रियलले बिर्सनलायक प्रदर्शन गरेपछि भविष्यलाई लिएर चिन्तित रहेका रामोसले क्लब छाड्ने विकल्प रोज्न सक्ने बुझिएको छ ।

स्पेनको चर्चित संचारमध्य मार्साका अनुसार रामोसले सिजनको अन्त्यतिर चोटका कारण खेल्न नसक्दा आफ्नो भविष्यबारे सोचेका थिए । उनले स्पेनकै अन्य क्लबमा भने नखेल्ने मनिस्थिति राखेका छन् । युरोपको अन्य क्लबबाट उचित प्रस्ताव आएमा उनले स्पेनको राजधानी छाड्ने तयारी गरेका छन् ।

पछिल्लो समय म्यानचेस्टर युनाइटेड र पेरिस सेन्ट जर्मेनले रामोसको अवस्थालाई नजिकबाट नियालेका छन् । विगतमा दुवै क्लबले रामोसलाई अनुबन्ध गर्ने प्रयास गरेका थिए । तर त्यसबेला रामोसले सिधै क्लबहरुको प्रस्ताव नकारेका थिए । रामोसले आफ्नो उमेर बढेसँगै नयाँ अनुभव बटुल्ने इच्छा पनि व्यक्त गरेका हुन् ।

रियलका उच्च पदस्थ अधिकारीले रामोस बाहिरिने हल्लाबाट त्रसित भएपनि औपचारिक जानकारी नपाएको बताएका छन् । आयाक्सविरुद्ध घरेलु मैदानमा पराजित भएपछि रामोस क्लबसँग निराश भएका थिए । क्लबले रोनाल्डोको प्रस्थानपछि ट्रान्सफर विन्डोमा उचित खेलाडी नकिनेको भन्दै रामोसले असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.