default_image

7 years ago

May 25, 2019

अन्तिम खेलमा पीएसजीको लज्जास्पद हार

115 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली लिग वनको अन्तिम चरणको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) राइम्ससँग ३-१ ले पराजित भएको छ ।

खेलको ३६ औं मिनेटमा रहमान बाबाले राइम्सलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० को अग्रता लिएको राइम्सका लागि दोस्रो हाफको ५६ औं मिनेटमा माथ्यु काफारोले अग्रता दोब्बर पारे । त्यसको तीन मिनेटपछि किलियन एमबाप्पेले एक गोल फर्काए ।

तर खेलको ९० औं मिनेटमा पाब्लो चभारियाले रहमान बाबाको पासमा गोल गर्दै राइम्सको जित पक्का गरे । यस जितस्संगे राइम्सले लिगको आठौं स्थान पक्का गर्यो । ३८ खेलमा ५५ अंक जोडेको राइम्सले अन्तिम दिनमा निमेसलाई उछिनेको हो ।

यता च्याम्पियन पीएसजीको लागि भने सिजनको अन्त्य खराब नै रहयो ।३८ खेलमा २९ जित, ४ बराबरी र ५ हारसहित ओइएस्जिले ९१ अंक जोड्यो । युवा फरवार्ड किलियन एमबाप्पेले लिगमा आफ्नो गोलसंख्या ३३ गोल पुर्याए ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.