default_image

9 years ago

August 31, 2015

भारत विरुद्ध नेपालको सुरुवाति एघार यस्तो हुन सक्ने

ध्रुव केसीले प्रशिक्षकको जिम्मेवारी लिएकै बेलामा भनेका थिए कि नेपाल ४-४-२ कै रणनितिमा खेल्नेछ परम्परागत फर्मेसनमा भिजेका हामी लिगमा पनि धेरै क्लबले यहि अपनाउने गर्छन्| तर विदेशी प्रशिक्षकले आफ्नो रणनितिमा खेलाडी रिझाउन नसकेको भान उनलाई भएको केसीले बताएका थिए| विगतको टोलीभन्दा दश नयाँ खेलाडि टोलीमा भएकाले केहि परिवर्तनको भने आशा गर्न सकिन्छ| प्रशिक्षणका दौरान राम्रो […]

49 views

0 Bookmark

ध्रुव केसीले प्रशिक्षकको जिम्मेवारी लिएकै बेलामा भनेका थिए कि नेपाल ४-४-२ कै रणनितिमा खेल्नेछ

फोटो- एन.एस.जे.एफ

फोटो- एन.एस.जे.एफ

परम्परागत फर्मेसनमा भिजेका हामी लिगमा पनि धेरै क्लबले यहि अपनाउने गर्छन्| तर विदेशी प्रशिक्षकले आफ्नो रणनितिमा खेलाडी रिझाउन नसकेको भान उनलाई भएको केसीले बताएका थिए|

विगतको टोलीभन्दा दश नयाँ खेलाडि टोलीमा भएकाले केहि परिवर्तनको भने आशा गर्न सकिन्छ| प्रशिक्षणका दौरान राम्रो प्रदर्शन गरेका फरवार्ड नवयुग श्रेष्ठ सुरुवाती एघारमा पर्ने सम्भावना धेरै छ| गोलरक्षक विकेश कुथु, किरण चेम्जोगं र रितेश थापामध्ये, चेम्जोगंको पल्ला भारी देखिन्छ| सन्दिप राई ढाडको समस्याले गर्दा खेल्न नसक्ने हुनाले रोहित चन्द र सागर थापाले सेन्टर डिफेन्स सम्हाल्नेछन् तर अनन्त तामांग खेल्न सकेको अवस्थामा रोहित मिडफिल्डमा खेल्ने सम्भावना छ|

विगं ब्याकमा रविन श्रेष्ठ र बिराज महर्जनले नै खेल्न पाउन सक्ने छन् तर रन्जित धिमाल र अजित भण्डारी पनि छनोट बाट त्यति टाढा छैन|

मिडफिल्डमा विक्रम लामा, जगजीत श्रेष्ठ र भरत खवासले सुरुवात गर्नेछन् भने सुशील केसी, विशाल राई जस्ता खेलाडीको सम्भावना पनि रहेको छ| फितलो देखिएको फरवार्ड लाइनमा नयाँ आयाम ल्याउन नवयुग श्रेष्ठ र भरत शाह तत्पर देखिन्छन् तर अनिल गुरुगं संग दुइ मध्य एकले फर्वार्ड लाइन चलाउनेछन्|

यु१९का चार खेलाडी भारत पुगिसकेको भएतापनि थकानका कारण सुरुदेखि नखेल्न सक्छन्|

मैत्रीपुर्ण खेलमा सात वटासम्म परिवर्तन गर्न पाइने हुनाले नयाँ खेलाडीहरुले आफ्नो प्रदर्शन देखाउन पाउने कुरामा भने हामी आशावादि हुन सक्छौं|

टिम लाइनअप:

किरण
विराज – सागर (c) – अनन्त – रविन
भरत – विक्रम – रोहित – जगजित
नवयुग – अनिल

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.