default_image

5 years ago

May 27, 2019

केनले च्याम्पियन्स लिग फाइनल खेल्ने सम्भावना

एजेन्सी – टोटेनहम हट्सपरका स्टार फरवार्ड ह्यारी केन च्याम्पियन्स लिग फाइनलका लागि तयार हुने भएका छन् । चोटका कारण टोटेनहमका लागि पछिल्लो केहि महिना विश्राममा रहेका केनले पुनरागमन गर्ने सम्भावना बलियो रहेको बुझिएको छ । च्याम्पियन्स लिगअन्तर्गत क्वाटरफाइनल चरणको पहिलो लेगमा म्यानचेस्टर सिटीविरुद्ध घाइते भएपछि केन मैदानबाहिर रहेका छन् । पछिल्लो केहि दिनयता केन क्लबको […]

29 views

0 Bookmark

एजेन्सी – टोटेनहम हट्सपरका स्टार फरवार्ड ह्यारी केन च्याम्पियन्स लिग फाइनलका लागि तयार हुने भएका छन् । चोटका कारण टोटेनहमका लागि पछिल्लो केहि महिना विश्राममा रहेका केनले पुनरागमन गर्ने सम्भावना बलियो रहेको बुझिएको छ ।

च्याम्पियन्स लिगअन्तर्गत क्वाटरफाइनल चरणको पहिलो लेगमा म्यानचेस्टर सिटीविरुद्ध घाइते भएपछि केन मैदानबाहिर रहेका छन् । पछिल्लो केहि दिनयता केन क्लबको नियमित प्रशिक्षणमा सामेल भएको तस्बिर सार्वजनिक भएसँगै उनी मैदान फर्कने सम्भावना बढेको हो । शनिबार एटलेटिको म्याड्रिडको रंगशालामा हुने खेलका लागि पोचेटिनोले उनलाई छनोट गर्ने सम्भावना प्रबल छ ।

टोटेनहमका प्रशिक्षक पोचेटिनोले केनलाई खेलाउने भन्नेबारे निर्णय हतारमा नगर्ने प्रष्ट पारेका छन् । ‘हामी उनलाई खेलाउने वा नखेलाउने भन्नेबारे धेरै सोचिरहेका छौं । उनीमाथि जुन निर्णय लिएपनि खेलपछि त्यसबारे चर्चा हुन्छ । यदि हामीले जित्यौं भने राम्रो निर्णय हुन्छ, तर यदि पराजित भएमा त्यसै निर्णयलाई कारक बनाइन्छ,’ उनले भने ।

केनको अवस्था सुध्रंदै गएको अवस्थामा उनले फाइनलमा सुरुवाती रोजाईबाट नभएपनि खेलमा केहि भूमिका भने खेल्नेछन् । टोटेनहमसँगै इंग्ल्यान्डको राष्ट्रिय टोलीबाट पनि केनले त्यसपछि खेल्नुपर्ने छ । यूएईएफए नेसन्स लिगको अन्तिम चरणका लागि केन टोलीमा समेटिएका छन् ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.