7 years ago
May 28, 2019
टेरिन (एजेन्सी)– पाउलो डिबाला नयाँ सिजनका लागि कतै नजाने युभेन्टसले प्रष्ट पारेको छ । अर्जेन्टिनी स्ट्राइकर डिबालामाथि रियल म्याड्रिड, म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटीले चासो देखाएको बताइएको छ । यो सिजन उनका लागि भने सुखद भएन । सिजनमा २६ खेल खेल्दा १० गोल मात्र गरेका थिए ।

रियलबाट पछिल्लो सिजन क्रिस्टियानो रोनाल्डो युभेन्ट्स पुगेपछि डेबाला छायाँमा परेको अनुभव गरिएको छ । तर, डिबालाका दाजु गुस्टाभोले युभेन्टस छाड्ने राम्रो मौका रहेको बताएका कारण उनी अन्य क्लब जान सक्ने अड्कल काटिएको थियो ।
डिबाला दुई म्यानचेस्टर र रियल मध्ये एउटा क्लबमा ८५ मिलियन पाउन्डमा जान सक्ने सम्भावना रहेको बताइएको छ । तर युभेन्ट्सका खेलकुद निर्देशक फावियो पाराटिकीले डिबाला कतै नजाने दाबी गरे ।
‘उनी हाम्रो खेलाडी हुन् । हामीलाई उनीमाथि भरोसा छ ,’ उनले भने, ‘हामीले चार वर्षअघि नै सम्झौता गरेका हौ । त्यसमा नविकरण हुँदै जानेछ । उनी युभेन्ट्सका खेलाडी हुन् र हाम्रा लागि उनी महत्वपूर्ण छन् । ‘
२५ वर्षे डिबालाले भने सरुवाको हल्लालाई मथ्थर पार्ने प्रयास गरको छन् । ‘मेरो दाईको भनाई उसको आफ्नो विचार हो । मैले क्लब र फावियो पाराटिकीसँग कुरा गरेको छु र म के सोच्छु भन्ने उनीहरुलाई थाहा छ,’ उनले भने ।
त्यति मात्र होइन उनले युभेन्टसमा अर्को वर्ष पनि रहन चाहने बताएका छन् । ‘म यहाँ खेललाई निरन्तरता दिन चाहन्छु । यद्दपी क्लबले आफ्नो विकल्प सोच्न सक्छ,’ उनले भने, ‘नयाँ प्रशिक्षक आउन बाँकी छ । जे होस म यहि बस्न चाहन्छु ।’ पाँच सिजन युभेन्ट्समा बिताएका मासिमिलानो एलेग्रीको उत्तराधिकारीलाई भित्राउनेमा क्लब प्रयासरत छ ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]