7 years ago
May 28, 2019
एजेन्सी – ब्राजिलियन सुपरस्टार नेयमारको राष्ट्रिय टोलीबाट कप्तानी पद खोसिएको छ । कोपा अमेरिकाको लागि घोषणा गरेको अन्तिम टोलीबाट प्रशिक्षक टिटेले उनलाई कप्तान पदबाट हटाएका हुन् ।

नेयमारलाई आठ महिनाअघि मात्र स्थायी कप्तानको जिम्मेवारी दिइएको थियो । तर पछिल्लो समय अनुशासनका कारण समस्यामा आएका नेयमारलाई प्रशिक्षक टिटेले शनिबार कप्तानबाट बाहिरिएको जानकारी दिए । उनको स्थानमा ड्यानी आल्भेसलै कप्तानको जिम्मेवारी दिइएको छ । नेयमार र आल्भेस दुवै पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट खेल्ने गर्छन ।
३६ वर्षिय डिफेन्डर आल्भेसले कतार र होन्डुरससंग मैत्रीपूर्ण खेलमा टोलीको कप्त्रानी सम्हाल्नेछन् । उनले यसअघि ४ पटक ब्राजिलको कप्तानी सम्हाल्नेछन् । घरेलु मैदानमा आयोजना हुने कोपा अमेरिकामा समूह ‘ए’ मा ब्राजिलले बोलिभिया, भेनेजुएला र पेरुको सामना गर्नेछ । प्रतियोगिता जुन १४ देखि ७ जुलाईसम्म हुनेछ ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]