default_image

5 years ago

May 28, 2019

भालभेर्डेलाई बर्खास्त गर्ने बार्सिलोनाको तयारी

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले प्रशिक्षक एर्नेस्टो भालभेर्डेलै केहि दिनभित्र बर्खास्त गर्ने तयारी गरेको स्पेनिस संचारमाध्यमहरुले जनाएका छन् । स्पेनिस ला लिगाको उपाधि जितेको बार्सिलोना च्याम्पियन्स लिग र कोपा डेल रेको उपाधिबाट बन्चित भएपछि क्लबले उनलाई बर्खास्त गर्ने तयारी गरेको हो । च्याम्पियन्स लिगको सेमिफाइनलमा पहिलो लेगमा ३-० ले अग्रता लिएको बार्सिलोना लिभरपुलविरुद्ध दोस्रो लेगमा […]

24 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले प्रशिक्षक एर्नेस्टो भालभेर्डेलै केहि दिनभित्र बर्खास्त गर्ने तयारी गरेको स्पेनिस संचारमाध्यमहरुले जनाएका छन् ।

स्पेनिस ला लिगाको उपाधि जितेको बार्सिलोना च्याम्पियन्स लिग र कोपा डेल रेको उपाधिबाट बन्चित भएपछि क्लबले उनलाई बर्खास्त गर्ने तयारी गरेको हो । च्याम्पियन्स लिगको सेमिफाइनलमा पहिलो लेगमा ३-० ले अग्रता लिएको बार्सिलोना लिभरपुलविरुद्ध दोस्रो लेगमा ४-० ले पराजित हुँदै फाइनल पुग्नबाट रोकिएको थियो । केहि दिन अघिमात्र भ्यालेन्सियासंग कोपा डेल रेको फाइनलमा पराजित भएपछि क्लबले उनीसँग अलग्गिने मनसाय बुनेको बुझिएको छ ।

दुइ वर्ष क्लबको प्रशिक्षकका रुपमा बिताएका भालभेर्डेलै अघिल्लो सातामात्र क्लबका अध्यक्ष जोसे मारिया बार्टोमेउले साथ नछाड्ने बताएका थिए । तर क्लब बैठकमा उनको प्रशिक्षण शैलीमा प्रशन्त उठेपछि उनको उत्तराधिकारीको खोजि सुरु भइसकेको जनाइएको छ । भ्यालेन्सियाविरुद्ध हार नै उनको बर्खास्तीको मुख्य कारण हुन सक्ने उल्लेख गरिएको छ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.