default_image

7 years ago

May 29, 2019

इस्को युभेन्ट्स जाने सम्भवना !

114 views

0 Bookmark

टुरिन (एजेन्सी)– रियल म्याड्रिडका फरवार्ड इस्को माउरिजियो सारीको पहिलो रोजाईमा युभेन्ट्स जाने सम्भावना रहेको बताइएको छ । २७ वर्षे स्पेनका अन्तर्राष्ट्रिय रियलमा यो सिजन पहिलो रोजाईमा पर्न संघर्षरत रहे ।

उनले ला लिगामा यो सिजन ११ खेलमा मात्र पहिलो रोजाईमा खेले । सारी अहिले चेल्सीका प्रशिक्षक छन् । युभेन्ट्सको प्रशिक्षक पद खाली रहेको र अब सारी त्यो पदका लागि पहिलो रोजाईमा रहेको बताइएको छ ।

इस्को ६० मिलियन पाउन्डमा युभेन्ट्स पुग्ने अनुमान गरिएको छ । इस्को र रियलबीच सन् २०२२ सम्म छ । तर, जिनेदिन जिदान पुनः रियलको प्रशिक्षक भएर फर्केपछि पनि इस्कोको भविष्य त्यहाँ सुरक्षित देखिएको छैन ।

सारी अर्को साता युभेन्ट्सको प्रशिक्षकका रुपमा नियुक्त हुने सम्भवना रहेको छ । चेल्सी र आर्सनलबीच बुधबार युरोपा लिगको फाइनल खेल हुँदैछ ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

Success

Thank you for your time.