default_image

5 years ago

May 29, 2019

नेयमार फेरि घाइते !

एजेन्सी – ब्राजिलका स्टार फरवार्ड नेयमार फेरि घाइते भएका छन् । कोपा अमेरिका कपको तयारीका क्रममा नेयमार प्रशिक्षण दौरान घाइते हुन पुगेका हुन् । उनको बाँया खुट्टाको घुडामा समस्या आएको बुझिएपनि उनो चोट सामान्य रहेको बुझिएको छ । उनले चोट लागेपछि मैदान छाडेका थिए । सोमबार मात्रै प्रशिक्षक टिटेले नेयमारबाट कप्तानी पद खोस्दै कप्तानको जिम्मेवारी […]

17 views

0 Bookmark

एजेन्सी – ब्राजिलका स्टार फरवार्ड नेयमार फेरि घाइते भएका छन् । कोपा अमेरिका कपको तयारीका क्रममा नेयमार प्रशिक्षण दौरान घाइते हुन पुगेका हुन् ।

उनको बाँया खुट्टाको घुडामा समस्या आएको बुझिएपनि उनो चोट सामान्य रहेको बुझिएको छ । उनले चोट लागेपछि मैदान छाडेका थिए । सोमबार मात्रै प्रशिक्षक टिटेले नेयमारबाट कप्तानी पद खोस्दै कप्तानको जिम्मेवारी भेट्रान डिफेन्डर डेनी आल्भेसलाई सुम्पिएका थिए ।

पीएसजीका २७ वर्षीय नेयमार चोटकै कारण तीन महिना मैदान बाहिर रहेका थिए । उनी अप्रिलमा चोटबाट मुक्त खेलमा फर्किएका थिए । कोपा अमेरिका कप आउन अब केहि साता मात्र बाँकी छ । ब्राजिलले कोपा अमेरिका कपअघि कतार र होन्डुरससँग मैत्रीपुर्ण खेल खेल्दैछ ।

कोपा अमेरिका कपमा ब्राजिल रहेको समूह ‘ए’ मा बोलिभिया, पेरु र भेनेजुएला रहेका छन् । ब्राजिलले १४ जुनमा बोलिभियासँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ ।

ब्राजिल सन् २००७ यता कोपा अमेरिकामा च्याम्पियन बन्न सकेको छैन ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.